logo
२०८१ बैशाख १४ शुक्रवार



नेपाल-चीन सम्बन्धलाई अग्रगति दिन इच्छुक छौँ : चिनियाँ राष्ट्रपति

मुख्य समाचार |


नेपाल-चीन सम्बन्धलाई अग्रगति दिन इच्छुक छौँ : चिनियाँ राष्ट्रपति


गाेरखापत्र अनलाइन 

काठमाडौँ, साउन १७ गते । चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपाल-चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्त्व दिएको बताउनुभएको छ । उहाँले नेपालमा चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिनुहुँदै यस्ताे बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
शनिबार जारी सन्देशमा उहाँले आफू दुई देशबीच निरन्तर विकसित हुँदैआएको द्विपक्षीय सम्बन्धलाई अग्रगति दिन नेपाली समकक्षी भण्डारीसँग संयुक्त रुपमा काम गर्न इच्छुक रहेको बताउनुभएको छ । साथै उहाँले दुई देशका जनतामाझ व्यापक लाभ हासिल गर्न तथा क्षेत्रीय स्थायित्व र विकासमा सकारात्मक योगदान गर्न आफू तयार रहेको उल्लेख गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?