logo
२०८१ बैशाख १५ शनिवार



बाढीपीडितलाई घर बनाउने प्रदेश सरकारको निर्णय

मुख्य समाचार |


बाढीपीडितलाई घर बनाउने प्रदेश सरकारको निर्णय


भउचप्रसाद यादव

काठमाडौँ, साउन ९ गते । बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा घरबारविहीन भएकाको घर बाग्मती प्रदेश सरकारले निर्माण गर्ने भएको छ । त्यसैगरी प्रदेश सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाका प्रतिपरिवारलाई एक लाख रुपियाँसमेत सहयोग गर्ने भएको छ । बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले असार २५ गते अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकमा पूर्ण रूपमा क्षति भएका घर प्रदेश सरकारले निर्माण गर्ने जानकारी दिनुुभयो । प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरूप एक लाख रुपियाँ प्रदान गरिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेलको अध्यक्षतामा रहेको बाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले सो निर्णय गरेको हो । उहाँले हरेक आपद्विपद्मा प्रदेश सरकार जनताको साथमा रहेको बताउँदै मुख्यमन्त्री पौडेलले बाढी पहिरोका कारण प्रदेशका अन्य जिल्लामध्ये सिन्धुपाल्चोकमा अहिलेसम्म बढी क्षति भएको देखिएको छ, त्यहाँ पूर्ण रूपले क्षति भएका घरको निर्माण प्रदेश सरकारले गर्नेछ भन्नुभयो ।
उहाँले सम्बन्धित स्थानीय तहको समन्वयमा घर निर्माण गरिने बताउँदै घर निर्माण गर्न सबैभन्दा पहिले सम्बन्धित स्थानीय सरकारले जग्गा उपलब्ध गराउनुपर्छ, यसरी उपलब्ध गराइएको जग्गामा प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिनेछ भन्नुभयो । राहतस्वरूप सरकारले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ३० लाख, भोटेकोसी गाउँपालिकामा १५ लाख र जुगल गाउँपालिकामा दस लाख रुपियाँ राहत रकम उपलब्ध गराउने निर्णय गरिसकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?