logo
२०८१ बैशाख १९ बुधवार



तुलसीपुर उपमहानगर ‘क्यासलेस’

अर्थ |


तुलसीपुर उपमहानगर ‘क्यासलेस’
सांकेतिक तस्विर


गोकर्ण पौडेल

साउन १ गते । तुलसीपुर उपमहानगरपालिका बिहीबारदेखि पूर्णरुपमा 'क्यासलेस' अर्थात् नगदविहीन बनाइएको छ । उपमहानगरपालिकामा सेवाग्राहीले तिर्नुपर्ने रकम अब बैङ्किङ प्रणालीबाट मात्र हुने व्यवस्था मिलाइएको छ । आर्थिक रुपमा सुशासन कायम गर्नका लागि बैङ्किङ प्रणालीको सुरुवात गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

प्रत्येक नागरिकलाई बैङ्किङ कारोबारसँग जोडे मात्रै औपचारिक कारोबार वृद्वि हुने नगरप्रमुख पाण्डेले बताउनुभयो । वित्तीय साक्षरता वर्तमान समयको आवश्यकता भएकाले बैङ्किङ प्रणालीलाई जोड दिइएको पाण्डेले बताउनुभयो । छिट्टै नै उपमहानगरपालिकालाई पेपरलेस कार्यालयकारुपमा अघि बढाउन तयारी भइरहेको समेत नगरप्रमुख पाण्डेले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले आउँदो वर्षदेखि हरेक कार्यको भुक्तानी अनलाइनबाटै हुने व्यवस्था गर्ने तयारी भइरहेको छ । गत वर्षदेखि नै पालिका कार्यालयबाटै बैङ्कको काउन्टर स्थापना गरी क्यासलेस बनाउने तयारी गरेपनि राष्ट्र बैङ्कले स्वीकृति दिन ढिला गर्दा यो वर्षबाट मात्रै सञ्चालन गर्न सकिएको मेगा बैङ्कका म्यानेजर राजन भण्डारीले जानकारी दिनुभयो । पालिका कार्यालयमा बैङ्कको काउन्टर राख्नका लागि इच्छुक बैङ्कबाट आवेदन माग भई मेगा बैङ्कलाई स्वीकृत दिइएको वित्तीय अधिकृत ललित घर्तीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?