logo
२०८१ बैशाख १९ बुधवार



विभिन्न स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु

खुला |


विभिन्न स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु


होमराज रानाभाट

कावासोती, साउन १ गते । पूर्वी नवलपरासीमा बिहीबार भएको छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्वी नवलपरासीको बुलिङटारमा मोटरसाइकलले ठक्कर दिँदा कपडा बेचेर हिँडने ५८ वर्षीय भारत चम्पारण घर भएका जुगल साहको ज्यान गएको छ । ठक्कर दिने मोटरसाइकल फरार रहेको र प्रहरीले खोजतलास गरिरहेको जनाएको छ ।

यसैगरी, मध्यविन्दु नगरपालिकामा ट्याक्टरको ठक्करबाट एकजना बालिकाको ज्यान गएको छ । गएराति मध्यविन्दु नगरपालिका वडा नं ८ भित्री सडकखण्डमा लु २ त ८८६४ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो ।

मध्यविन्दु १५ घर भएकी बालिका अनुष्का महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यविन्दु जिल्ला अस्पतालले बालिकाको मृत्यु भएको पुष्टि गरेको हो । ट्याक्टर चालक फरार रहेको र अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?