logo
२०८१ बैशाख १५ शनिवार



सडक कालोपत्रे गरिँदै

मुख्य समाचार |


सडक कालोपत्रे गरिँदै


गोरखापत्र समाचारदाता

 काठमाडौँ, असार २१ गते । काठमाडौँको तारकेश्वर नगरपालिका अन्तर्गत शेषमती पुलदेखि सानो पुल सम्मको सडक विस्तार गरी कालोपत्रे गरिएको छ । यो सडकलाई नगरपालिकाले नमुना सडकका रूपमा लिएको छ ।
तारकेश्वर नगरपालिकाका इन्जिनियर मिलन अर्यालले त्यस क्षेत्रको ४१७ मिटरमध्ये ३२० मिटर लामो सडक तोकिएको मापदण्ड अनुसार ५० एमएमको कालोपत्रे गरिएको जानकारी दिनुभयो । उहाँले बाँकी सडक पनि यसैसाता कालोपत्रे गरिसक्ने योजना रहेको बताउनुभयो । एक करोड १० लाख रुपियाँको लागतमा सडक कालोपत्रे गरिएको जनाइएको छ ।
उहाँले सोही बाटो हुँदै तारकेश्वर नगरपालिका अन्तर्गतकै पैँयुटार र लोलाङ जाने सडक पिच गर्ने काम सुरु भएको र मङ्सिरमा सम्पन्न हुने जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?