logo
२०८१ बैशाख १४ शुक्रवार



प्रधानमन्त्रीद्वारा अनशनरत युवालाई अस्पतालमा भेट  

मुख्य समाचार |


प्रधानमन्त्रीद्वारा अनशनरत युवालाई अस्पतालमा भेट  


काठमाडौँ, असार १८ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको सबल व्यवस्थापनको माग गर्दै अनशनरत युवालाई भेट्नु भएको छ । प्रधानमन्त्री ओलीले आज ह्याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’ समूहका अनशनकारीको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।    
    
भेटमा प्रधानमन्त्रीले सरकार कोभिड–१९ नियन्त्रण गर्न पारदर्शी ढङ्गले सक्रिय रहेको उल्लेख गर्नुभएको थियो । पाटन दरबार स्क्वायरमा गत सातादेखि अनशन बसेका युवाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?