logo
२०८१ बैशाख १५ शनिवार



थप चार स्थानमा बीओपी स्थापना 

मुख्य समाचार |


थप चार स्थानमा बीओपी स्थापना 
फाइल तस्बिर


देवबहादुर कुँवर

काठमाडौँ, जेठ २० गते । सशस्त्र प्रहरी बलले नेपालको भूमि अतिक्रमण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दक्षिण तथा उत्तरी नाका क्षेत्रमा सीमा सुरक्षा चौकी (बीओपी) थप गर्दै लगेको छ ।
कोभिड–१९ महामारीको बीचमा चार स्थानमा नयाँ सीमा सुरक्षा चौकी स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता प्रवीनकुमार श्रेष्ठले बीओपीको स्थापनासँगै सीमा अतिक्रमण र आपराधिक क्रियाकलापमा नियन्त्रण आएको बताउनुभयो ।
डडेल्धुराको जोगबुढासहित दुई स्थान, बैतडीको झुलाघाट, दार्चुलाको छाङरुङ, हुम्लाको हिल्सा र मुस्ताङको कोरोला नजिक लोमाङ्थाङको नेचाङमा नयाँ बीओपी स्थापना गरिएको छ । ती पोस्टहरूको नेतृत्व सशस्त्र प्रहरी निरीक्षकले गरेका छन् ।
सशस्त्र प्रहरी बलका अनुसार उत्तरी नाकाअन्तर्गत सङ्खुवासभाको किमाथाङ्का र सिन्धुपाल्चोकको तातोपानी नाकामा यसअघि नै सशस्त्र प्रहरी खटाइएको छ । ताप्लेजुङ, सिन्धुपाल्चोक, गोरखा, बझाङ र डोल्पालगायतका जिल्लामा बीओपी स्थापना गर्ने तयारी भइरहेको छ ।
भारतसँग सीमा जोडिएको नेपालको उत्तर तथा पूर्व–पश्चिम भागको एक हजार नौ सय किलोमिटर क्षेत्रमा १७ किलोमिटरको दूरीमा बीओपी स्थापना गर्नुपर्ने आवश्यक देखिन्छ । हाल १२१ वटा बीओपी भए पनि तत्कालै २२१ वटा पु¥याउने योजना छ ।
सशस्त्र प्रहरी बलले भने नेपाली भूमिको सुरक्षा तथा अतिक्रमण नियन्त्रण र सीमा नाकाबाट हुने अवैध तथा आपराधिक क्रियाकलाप रोक्न पाँच सय बीओपी निर्माणका लागि सरकारसँग प्रस्ताव गरेको छ । सशस्त्र प्रहरी बोर्डर सुरक्षा विभागका प्रमुख अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा बीओपी थप गरिएसँगै जनशक्ति तथा भौतिक संरचना र क्षमता अभिवृद्धि आवश्यक रहेको बताउनुहुन्छ । करिब ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरीमा बीओपी थपिएसँगै दक्ष जनशक्ति थप्नुपर्ने आवश्यकता आँैल्याइएको छ ।
प्रत्येक चौकीमा जिल्ला तहको गण तथा गुल्मबाट जनशक्ति परिचालन हुने गरेको छ । सशस्त्र प्रहरी बलका ७७ वटै जिल्लामा परिचालन गरिएको छ । विपद् व्यवस्थापन तथा सामरिक संरचनाको सुरक्षा, नागरिकको शान्तिसुरक्षामा सशस्त्र प्रहरी परिचालन हँुदै आएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?