logo
२०८१ बैशाख १५ शनिवार



चिकित्सा सामाग्री लिन १२:३० बजे निगमको जहाज चीन उड्ने, आजै राती आइपुग्ने

पर्यटन |


चिकित्सा सामाग्री लिन १२:३० बजे निगमको जहाज चीन उड्ने, आजै राती आइपुग्ने
फाइल तस्बिर


विश्वास रेग्मी

काठमाडौ, चैत १५ गते । चिनबाट कोरोना भाइरस परिक्षणका लागि आवश्यक किट्स, पिपिइ, औसधि र अन्य मेडिकल उपकरण ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज दिउँसो चीन प्रस्थान गर्दैछ ।

निगमका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनका अनुसार उक्त जहाज शुनिबार साढे १२ बजे चिनको गोन्झाउका लागि प्रस्थान गर्ने छ । जहाजमा निगमका उडान दलका १० जना सदस्य मात्र रहने उहाले जानकारी दिनुभयो । निगमको जहाज स्थानीय समय अनुसार साझको ६ बजेर ५५ मिनेटमा पुग्नेछ । करिब २ घन्टा मेडिकल सामग्री लोड गरेपछि स्थानीय समय अनुसारत रातिको ८ बजेर ५५ मिनेटमा नेपालका लागि उडान गर्नेछ । मेडिकल सामाग्रीको भार ३० टन भन्दा केही कम हुनेछ ।

चीनमा रहेका निगमका लोड समुहले नै मेडिकल सामाग्री जहाजमा राख्नेछन । उक्त जहाज नेपाली समय अनुसार राती करिब साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जुहार्चनले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?