logo
२०८१ बैशाख १५ शनिवार



संक्रमित युवतीको अबस्था सामान्य, अन्य यात्रुको जाँच गर्नु जरुरी

मुख्य समाचार |


संक्रमित युवतीको अबस्था सामान्य, अन्य यात्रुको जाँच गर्नु जरुरी


सारोज डुङ्गेल
काठमाडौं, चैत १० गते । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचार गराइ रहनु भएकी कोरोना संक्रमित युवतीको स्वास्थ्य अबस्था समान्य रहेको बताइएको छ ।
शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले कोरोना संक्रमित व्यक्तिको उपचार भइरहेको जानकारी दिनुभयो । उहाँलाई हामीले उपचार गरिरहेका छौं, डा. राजभण्डारीले भन्नुभयो,“उहाँको अवस्था सामान्य छ ।” डा. राजभण्डारीले ती युवतीसँगै कतार एयरलाइन्समा आएका अन्य व्यक्ति उच्च जोखिममा रहेको बताउनुभयो । उक्त उडानमा आएका अन्य व्यक्तिहरूलाई कोरोना परीक्षण गर्नुपर्ने भन्दै उहाँले संक्रमित युवतीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिहरु पनि उच्च जोखिममा रहेको जानकारी दिनुभयो । डा. राजभण्डारीले युवतीका आफन्त तथा परिवारलाई घरमै क्वारेनटाइनमा राखिएको जानकारी दिनुभयो ।
युवती फ्रान्सबाट आएपछि घरमै क्वारेन्टाइनमा बस्नु भएको र केही दिनपछि टेकु अस्पतालमा सम्पर्क गरी कोरोना परीक्षण गराउनुभएको थियो । आइतबार कोरोना भाइरस पोजेटिभ देखिएपछि उहाँलाई टेकु अस्पतालमा भर्ना गरिएको थियो ।
एक चिकित्सकका अनुसार उहाँसँंगै फ्रान्सबाट आएकी भियतनामकी युवतीलाई भने क्वारेनटाइनमा राखिएको छ । उहाँलाई पनि कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । उहाँले सरकारले पूर्णरुपमा लकडाउन गरेर सबै नाका र अन्र्तराष्ट्रिय उडान पूर्णरुपमा नरोके स्थिति भयानक हुने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउँदै घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभयो । आफैले आफैलाई बचाउन सावधानी अपनाउनुपर्ने मन्त्री ढकालको भनाइ छ । मन्त्री ढकालले सरकारले अत्यावश्यक सेवा बाहेकका सबै काम बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भीडभाड नगर्न गरेको आग्रहलाई पालना गर्न अनुरोध गर्नु्भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?