logo
२०८१ बैशाख १४ शुक्रवार



हुलाक सेवा अब प्राधिकरणमा

मुख्य समाचार |


हुलाक सेवा अब प्राधिकरणमा


सरोज आचार्य

काठमाडौँ, मङ्सिर १७ गते । समस्त हुलाक सेवालाई प्रभावकारी र समयानुकूल बनाउन प्राधिकरणमा लैजाने तयारी भएको छ । प्राधिकरणमा लगिएपछि हुलाकले हुलाक सेवाबाहेक अन्य नाफामूलक व्यवसायसमेत गर्न सक्ने छ ।
हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीका अनुसार कानुन मन्त्रालयमा प्राधिकरणसम्बन्धी ऐन बनिरहेको छ । नयाँ प्रविधिको विकाससँगै हुलाक सेवाको उपयोगिता कम हुँदै गएपछि यो अहिले ओझेलमा छ । अहिले हुलाक सेवाबाट कर्मचारी अन्यत्र गएकाले पर्याप्त जनशक्तिसमेत छैन भने भएका करारका जनशक्तिलाई अड्याएर राख्न नसकिने स्थिति रहेको अधिकारी बताउँछन् । कर्मचारीले प्राविधिक सेवा गनुपर्ने भएकाले करारकाले कामै दिन नसक्ने अवस्था छ ।
कुल छ हजार कर्मचारी दरबन्दी रहेको हुलाकमा अहिले दुई हजार स्थान रिक्त छ । २०५५ सालदेखि स्थायी कर्मचारी नियुक्त पनि नगरिएको महानिर्देशक ज्ञवालीले जानकारी दिनुभयो । यद्यपि काठमाडौँको चक्रपथभित्र एकै दिनमा चिठी पु¥याउने सेवा, धनादेश, पुलिन्दा, हुलाक बचत बैङ्क, वैदेशिक आन्तरकि दु्रत डाँक सेवा भने हुलाकले प्रभावकारी रूपमा चलाइ आएको छ ।
हुलाकले वार्षिक ५२ करोड रुपियाँ राजस्व उठाइरहेको छ । सो तथ्याङ्कबाट अब हुलाक प्राधिकरणबाट व्यावसायिक सेवामा लगी बढी राजस्व उठाउनेमा पुग्ने उहाँले दाबी गर्नुभयो । नयाँ व्यवस्थाले हुलाकले
छलाङ मार्ने महानिर्देशक ज्ञवालीको अपेक्षा छ ।
अहिले चिठी लिएर चितवन गएको गाडी फर्कंदा रित्तो हुन्छ, फर्कंदा सामान लिएर आउन पाइयोस् भन्ने प्राधिकरणको अवधारण रहेको उहाँको दृष्टिकोण छ । सामाजिक सुरक्षाभत्ता वितरण कार्य, नागरिकले सरकारका सेवालाई बुझाउनुपर्ने महसुल वा शुल्क, तिरो तिरान, जरिवाना, आयकरलगायतका कार्यलाई पनि हुलाकबाटै भुक्तान हुन सक्ने व्यवस्था प्राधिकरण स्थापनापछि हुने उहाँ बत(ाउनुहुन्छ । विश्वमा हुलाकले आफ्नो हुलाक सेवा कार्यसँगै व्यावसायिक कार्य पनि गरिरहेको मान्यताअनुरूप नै हुलाक सेवालाई प्राधिकरणतर्फ लैजान लागिएको हो उहाँले जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?