logo
२०८१ बैशाख १४ शुक्रवार



मिलन र सन्तुलनको पर्व : प्रम

मुख्य समाचार |


मिलन र सन्तुलनको पर्व : प्रम


काठमाडौँ, कत्तिक १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताउनुभएको छ । तिहार पर्वका अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गर्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “तिहार प्रकृतिसँग मिलेको, पशुपक्षीसँग मिलेको, कागको पूजा गरिने, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा अथवा यस्ता पूजा पनि गरिन्छन्, प्रकृतिका विभिन्न पक्षबीचको सन्तुलनसमेत यस पर्वमा प्रतिविम्बित हुन्छ ।”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?