logo
२०८१ बैशाख २९ शनिवार



चिनियाँ पर्यटक बढ्ने आशा

मुख्य समाचार |


चिनियाँ पर्यटक बढ्ने आशा



भैरहवा समाचारदाता

भैरहवा, असोज २९ गते । चीनका राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणपछि लुम्बिनीका पर्यटन व्यवसायी उत्साहित भएका छन् । उनीहरूले लुम्बिनीमा चिनियाँ पर्यटक बढ्ने आशा गरेका छन् ।
चीनका राष्ट्रपतिको भ्रमणबाट नेपालमा पर्यटनको महìव बढ्न गएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “अब लुम्बिनीमा चिनियाँ पर्यटक ठूलो सङ्ख्यामा आउने आशा छ ।”
नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट धेरै बुद्ध धर्मावलम्बी आउने र नेपाल सरकारको लक्ष्य पूरा हुने विश्वास निजी क्षेत्रले लिएको उहाँले बताउनुभयो । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुकका राष्ट्रपतिको भ्रमणबाट विश्व समुदायमा राम्रो सन्देश प्रवाह भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट प्रदेश ५ का महासचिव चन्द्रबहादुर थापाले बताउनुभयो ।
चीनका राष्ट्रपतिको आगमन हुँदाको अवस्थामा सरकारले भ्रमण वर्ष २०२० र प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेका छन् । भ्रमण वर्ष मनाउने क्रममा चीनका राष्ट्रपतिको आगमनबाट पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने सिद्धार्थ होटल एसोसिएसन (सान) का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।
२३ वर्षपछि चीनका राष्ट्रपतिको नेपाल भ्रमण र उहाँको मन्तव्यको क्रममा सन २०२० मा चीनका धेरै पर्यटक प्रवेश नेपाल पठाउन प्रेरित गर्ने छौँ भन्नुले सबैलाई उत्साहित बनाएको नेपाल–चीनमैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले बताउनुभयो । उद्योग व्यापार सङ्गठन रुपन्देहीका सहसचिव राममिलन यादवले चीनका राष्ट्रपतिको भ्रमणले लुम्बिनी वासीलाई उत्साहित बनाएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?