logo
२०८१ बैशाख १४ शुक्रवार



नेपाल–चीन सम्बन्ध अझ घनिष्ठ

नेपाललाई ३.५ अर्ब आरएमबी

मुख्य समाचार |


नेपाल–चीन सम्बन्ध अझ घनिष्ठ


नारद गौतम

काठमाडौंँ, असोज २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङबीच राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ विशेष भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने औपचारिक राजकीय भ्रमणमा शनिबार काठमाडौँ आइपुग्नुभएका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति भवनमा पनि भव्य स्वागत गरिएको छ ।
विशेष रूपमा सजाइएको राष्ट्रपति भवन शीतल निवासमा चीनका अति विशिष्ट पाहुना राष्ट्रपति सी पुग्नु हुँदा राष्ट्रपति भण्डारीले हार्दिक स्वागत गर्नुभयो । उच्चस्तरीय भ्रमणमा नेपाल आउनुभएका राष्ट्रपति सीसँगको औपचारिक भेटवार्तामा दुवै राष्ट्राध्यक्षबीच आपसी हित र द्विपक्षीय सहयोगका विषयमा विस्तृत कुराकानी भएको छ ।
विशिष्ट पाहुनासँगको उच्चस्तरीय भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ छ र अझ विस्तार हुँदै गएको छ भन्नुभयो ।
“नेपाल र चीन भूगोल र संस्कृतिले नजिकबाट बाँधिएका छन्, सम्बन्धको जग बलियो र अटल छ, बौद्ध दर्शनले दुवै देशलाई मार्गदर्शन गरेको छ,” भन्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “एक चीन नीतिप्रति नेपाल सधैंँ प्रतिबद्ध छ र चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन दिनेछैन भन्ने विश्वास दोहो¥याउन चाहन्छु ।”
नेपालमा लामो समयपछि स्पष्ट बहुमतसहितको सरकार निर्माण भएको छ र यहाँ राजनीतिक स्थायित्वसमेत कायम भएको चर्चा गर्दै राष्ट्रपति भण्डारीले ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को आकाङ्क्षा साकार बनाउन लागेका छाँैं भन्नुभयो ।
नेपालका प्राथमिकताका विषयमा जोड दिनुहुँदै उहाँले रेलमार्ग, सडक, सूचना प्रविधि, कृषिको आधुनिकीकरण र व्यापार नेपालका प्राथमिकताका क्षेत्र भएको स्पष्ट पार्नुभयो । उहाँले आधुनिक सहरीकरणमा नेपालको प्राथमिकता रहेको सन्दर्भ औँल्याउँदै थप्नुभयो, “चीनको लगानी र सहजीकरण सुरक्षित गर्न हामी प्रतिबद्ध छौंँ ।”
विनाशकारी भूकम्पको क्षतिका लागि चीन सरकारले पु¥याएको विशेष सहयोगका लागि राष्ट्रपति भण्डारीले राष्ट्रपति सीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । बहसको केन्द्रमा रहेको चीनको केरुङदेखि काठमाडौँसम्म जोड्ने रेलमार्गको भौगोलिक सम्भाव्यताको अध्ययन भइरहेको छ, यो एउटा तार्किक निष्कर्षमा पुग्छ भन्ने विश्वास पनि राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभयो ।

यसैगरी मदन भण्डारी विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउन हामी लागिपरेका छाँैं, यसका लागि चीनको सहयोग अपेक्षित रहेको भनाइ पनि राष्ट्रपति भण्डारीले चीनका समकक्षीसँग राख्नुभयो ।
नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागेको छ र चिनियाँ पर्यटकले ठूलो सङ्ख्यामा नेपाल भ्रमण गर्नेछन् भन्ने विश्वास पनि राष्ट्रपति भण्डारीले सो अवसरमा व्यक्त गर्र्नुुभयो । नेपाल र चीनबीच रहँदै आएको व्यापार घाटा अन्त्य गर्न पनि मित्रराष्ट्र चीनको सहयोग रहने विश्वास पनि उहाँको छ ।
नेपालमै रोजगारीका अवसर सिर्जना गरेर स्वदेशमा खपत गर्ने कुरामा नेपाल प्रतिबद्ध रहेको र नेपालको उत्तरी भेगमा एकीकृत बस्ती विस्तार गर्नका लागि नेपाल उत्सुक रहेकाले यसमा चीनको अनुभव साटासाट गर्न नेपाल तयार रहेको छ, यसमा चीनको सहयोग हुने अपेक्षा पनि भण्डारीले गर्नुभयो ।
द्विपक्षीय र बहुपक्षीय सहयोगका क्षेत्रमा नेपाल र चीन दुवै लागिपरेका छन् भन्दै उहाँले नेपालको भ्रमण गर्नुभएकोमा राष्ट्रपति सीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको दुई देशका समकक्षीबीच भएको विशेष भेटवार्तापछि राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभएको हो । राष्ट्रपति भवनमा भएको विशेष भेटवार्तामा राष्ट्रपति भण्डारीको भनाइपछि चीनका राष्ट्रपति सीले प्रत्युत्तरमा चीन र नेपाल अत्यन्त घनिष्ठ छिमेकीका रूपमा रहँदै आएका छौँ र नेपालले ‘एक चीन’ नीतिप्रति राख्दै आएको अडानलाई चीन सरकार धन्यवाद दिन चाहन्छ भन्नुभयो ।
भेटवार्तामा सहभागी एक उच्च अधिकारीका अनुसार चीनका राष्ट्रपतिले मदन भण्डारी विश्वविद्यालयलाई नेपालले अन्तर्राष्ट्रियस्तरको बनाउन लागेकाले त्यसमा सहयोग गर्न चीन तयार रहेको बताउनुभयो । यसैगरी राष्ट्रपति सीले नेपालले व्यहोर्दै आएको व्यापार घाटा कम गर्न सक्दो सहयोग गर्ने वचन पनि दिनुभयो ।

नेपाललाई ३.५ अर्ब आरएमबी

त्यस अवसरमा चिनियाँ राष्ट्रपति सीले विश्वविद्यालयका क्षेत्रमा पनि सहयोग गर्न तथा सुविधा विस्तार गर्न चीन तयार रहेको बताउँदै नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी उपलब्ध गराइने जानकारी दिनुभयो । नेपालमा कम्युनिस्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?