logo
२०८१ बैशाख १४ शुक्रवार



पूर्वाधारमा विकासमा चिनियाँ सहयोग मत्वपूर्ण

मुख्य समाचार |


पूर्वाधारमा विकासमा चिनियाँ सहयोग मत्वपूर्ण



रमेश लम्साल    
    
काठमाडौँ, असोज १७ गते । तपाईं कति पटक कलङ्कीको जाममा पर्नुभयो ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपाईं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । कलङ्की खण्डको विकराल जाम अब इतिहास भइसकेको छ । कलङ्कीमा बनेको अण्डरपास धेरैका लागि नयाँ र नौलो प्रयोग पनि भएको छ ।    
    
 डेढवर्ष पहिलेसम्म कोटेश्वर– कलङ्की खण्डमा घण्टांै सवारीको जाम हुन्थ्यो । कार्यालय हिँडेका, अत्यावश्यक कामका लागि निस्केका, अस्पताल जान लागेका बिरामी तथा सर्वसाधारणले ठूलो हैरानी भोग्नु परेको थियो । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलङ्की–चक्रपथ विस्तार सम्पन्न भई सञ्चालनमा आइसकेको छ । यतिखेर कलङ्कीको जाम एउटा इतिहास भइसकेको छ ।    
    
 यस्तै दोस्रो खण्ड अन्तर्गत कलङ्की– महाराजगञ्ज सडक खण्डको काम पनि निकट भविष्यमा नै शुरु हुन लागेको छ । सो सडक खण्ड निर्माण भई सञ्चालनमा आएपछि त्यसले पार्ने प्रभाव पनि बेग्लै तर सकारात्मक हुनेछ । कूल २७ किलोमिटर लामो चक्रपथको विस्तार गरी आठ लेनको बनाउने काममा चिनियाँ सहयोग प्राप्त भएको छ । त्यसमध्ये एउटा खण्ड सकिइसकेको छ भने दोस्रो खण्डको काम शुरु हुने तयारीमा छ ।    
    
 तेस्रो खण्डमा महाराजगञ्ज– कोटेश्वर खण्ड छ । सो खण्डको पनि नेपाल सरकार आफैले वा विदेशी सहयोगमा निर्माण गर्ने भन्ने बारेमा छलफल जारी छ । नेपालको विकास निर्माण तथा भौतिक पूर्वाधारको विस्तारमा चीन सरकार र चिनियाँ नागरिकले भरपूर सहयोग गरेका छन् । सो सडक खण्ड निर्माणमा आएका चिनियाँ कामदारले काम गर्ने शैली, सीप र तरिका पनि नेपालीका लागि अर्को अनुकरणीय पाटो बनेको थियो ।    
    
 कोटेश्वर–कलङ्की सडक खण्ड गत माघमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । कुनै विदेशी शहरमा पुगे जस्तो लाग्ने आकर्षक सडक चिनियाँ प्रविधि र मेहनतमा निर्माण गरिएको हो । दुई देशबीचको जनस्तरको सम्बन्धको विस्तारका लागि सो सडक खण्ड थप एक कोशेढुंगा भएको जानकारको भनाइ छ । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलङ्कीसम्मको आठ लेनको १० किलोमिटर ४०० मिटर सडक विस्तार गरेको हो ।    
    
 करीब रु पाँच अर्ब अनुदान सहायतामा चीनले सो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । सो सडक खण्डको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तार गरी हस्तान्तरण गरेकामा चीन सरकारप्रति आभार व्यक्त गर्नुभएको थियो । चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पु¥याउँदै आएको सहयोगको प्रधानमन्त्रीले मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सांघाई कन्सट्रक्सन ग्रुपले सो सडक निर्माण गरेको हो ।    
    
 कलङ्की–महाराजगञ्ज सडक खण्ड विस्तारका लागि विद्युत्का पोल हटाउने, रुख हटाउने तथा अन्य काम शुरु भइसकेको छ । काठमाडौंँ चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालका अनुसार कलङ्कीबाट रुख कटानको काम शुरु भएको छ । हालसम्म करीब ३०० विद्युत्का पोल सारिएको छ । आगामी मंसिरसम्म सडक विस्तारका लागि मार्गप्रशस्त गर्ने लक्ष्य राखिएको छ । सो आयोजनामा पनि गोंगबु र महाराजगञ्जमासमेत कलङ्कीको जस्तै अण्डरपास बनाउने प्रस्तावित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा समावेश छ ।    
    
 नेपाल र चीनबीचको सदियांैदेखिको सम्बन्धलाई ठूला भौतिक पूर्वाधार निर्माणबाट जनस्तरमासमेत विस्तार भइरहेको छ । रानीपोखरीको ठिक अघिल्तिर निर्माण भइ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?