logo
२०८१ बैशाख १५ शनिवार



राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त

मुख्य समाचार |


राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त


  
काठमाडौँ, असोज ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीको विशेष पर्व जितीयाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घजीवनको शुभकामना व्यक्त गर्नुभएको छ ।    

बहुजाति, बहुभाषा, बहुसंस्कृति जस्ता विविधतायुक्त विशेषताले हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वलाई मौलिक तुल्याएको बताउँदै उहाँले आज दिनुभएको सन्देशमा यस्ता नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्बद्र्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि तिनको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिन आवश्यक रहेकामा जोड दिनुभएको छ ।

यस पर्वमा नारीहरुले परिवारजनको सुस्वास्थ एवम् समृद्धिको कामना गर्दै व्रत बसेर पूजा आराधना गर्ने प्रचलन छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?