logo
२०८१ बैशाख १४ शुक्रवार



नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक काठमाडौमा शुरु

मुख्य समाचार |
फिचर |


नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक काठमाडौमा शुरु


गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २० गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बदलिंदो परिस्थितिमा नेपाली सेनाले पनि आफूलाई अद्यावधिक गर्दै लैजानु पर्नेमा धारणा राख्नुभएको छ ।
’पृतनापति समन्वयात्मक बैठक २०७६’ को शुक्रवार शुभारम्भ गर्दै उहाँले सेना देश विकास तथा जनहित कार्यका लागि प्रसंशनीय रहेकाले यसलाई गौरवपूर्ण ईतिहासमा बदल्न आवश्यक रहेको बताउनुभयो ।
भद्रकालीस्थित सैनिक मुख्यालयमा आयोजित पृतनापति समन्वयात्मक बैठक २३ गतेसम्म सञ्चालन हुने छ । अन्तर्राष्ट्रिय जगतको सुरक्षा स्थितिको सम्बन्धमा जानकार रही मुलुकको सुरक्षास्थितीको मूल्यांकन गर्नेपर्नेमा उहाँले जोड दिनुभयो ।
रक्षामन्त्री पोखरेलले देशभित्र र वाहिर भएगरेका महत्वपूर्ण उपलब्धी तथा कमिकमजोरीका विविधपक्षको समीक्षा र पुनरावलोकन गरि सेनाका कामकारवाहीलाई थप परिस्कृत बनाउदै लैजान निर्देशन दिनुभयो ।
समन्वयात्मक बैठकले भविष्यमा तय गर्नुपर्ने सैनिक संगठनको नीतिका सम्बन्धमा बृहत छलफल र उचित राय सुझाव संकलन गरी सेनालाई थप व्यवसायीक बनाउदै लैजानेमा उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
बैंठक प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सञ्चालन भइरहेको छ । बलाधिकृत रथी शरदकुमार गिरीले सेनाभित्र भईरहेका गतिविधिहरु बारे विस्तृत जानकारी गराउनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?