logo
२०८१ बैशाख १५ शनिवार



प्रमको सिङ्गापुरमा जारी उपचार अर्को साता पूरा हुने

मुख्य समाचार |


प्रमको सिङ्गापुरमा जारी उपचार अर्को साता पूरा हुने


 

गोरखापत्र अनलाइन
काठमाडौं भदौं ११ गते । प्रधनमन्त्री केपी शर्मा ओलीको उपचार एक साता भित्र पूरा हुने बताइको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आज ट्वीट मार्फत प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंहको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री ओलीको उपचार अर्को सातासम्म पूरा हुने उल्लेख गर्नुभएको छ ।
साथै डा.सिंह बुधबार स्वदेश फर्कनु भएको छ । ट्वीटमा भनिएको छ–¬प्रधानमन्त्रीको फेरिसिस प्रक्रियाबाट उपचार जारी छ र उहाँका निजी चिकित्सक प्रा.डा.दिव्या सिंह स्वदेश फर्कनुभएको छ ।


यसैबीच प्रधानमन्त्री ओलीसँग बुधबार साँझ नेकपाका केन्द्रिय सदस्य देवेन्द्र दाहालसँग कुराकानी भएको र सो क्रममा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अबस्था ठीक रहेको बताउनुभएको थियो ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले आगामी हप्ता भित्र पूर्ण स्वास्थ लाभ गरेर आफू स्वदेश फर्कने दाहाललाई जानकारी गराउनु भएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?