logo
२०७७ फाल्गुन १८ मंगलवार

बोर्डलाई जिम्मा दिए १२ लाख पर्यटक ल्याउँछौँ

अन्तरवार्ता |


2021-01-24-30717


कोभिड–१९ सङ्क्रमणपछि आक्रान्त नेपालको पर्यटन क्षेत्र बिस्तारै उठ्ने प्रयत्नमा छ । आन्तरिक पर्यटकको सामान्य चहलपहलले पनि छिट्टै विदेशी पर्यटक स्वागत गर्न पाइने अपेक्षा बढेको छ । सङ्कटको यो परिस्थितिमा सबैभन्दा धेरै प्रभावित बनेको पर्यटन क्षेत्रलाई उकास्न यसको प्रवद्र्धनको जिम्मेवारीमा रहेको नेपाल पर्यटन बोर्डको भूमिका महŒवपूर्ण हुन्छ । विदेशी पर्यटक ल्याउने नेपालको तयारी, पर्यटन प्रवद्र्धनका नयाँ उपायसहित विविध विषयमा बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीसँग गोरखापत्रका लागि विश्वास रेग्मीले गरेको कुराकानी ः

आन्तरिक पर्यटकको चहलपहल देखिन्छ । घुम्न सक्नेगरी अब नेपाल तयार भइसकेको हो ?
नेपाल तयार भयो वा भएन भन्दा पनि पर्यटन उद्योगले अब पनि धान्न सक्छ÷सक्दैन भन्ने मूल प्रश्न हो । सात महिनाअघि नै हामीले प्रोटोकल बनाएर पर्यटकका लागि खोल्न सक्छौँ भनेर भनेका थियौँ । स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकल अध्ययन गरेर हामीले उत्कृष्ट प्रोटोकल दिएका थियौँ । अहिले नेपाल खोल्न पूर्ण रूपमा तयार छ । हालैका हाम्रा गतिविधिले पनि यसलाई प्रमाणित गरेका छौँ । पोखरामा सामाजिक दूरी कायम गरेरै ‘स्ट्रिट फेस्टिभल’ आयोजना ग¥यौँ । त्यसैले अब खोलिहाल्नुपर्छ अन्यथा धान्नै नसक्ने गरी अर्कै खालको विद्रोह सुरु हुन्छ ।

के विदेशी पर्यटकलाई पनि नेपालमा स्वागत गर्ने परिस्थिति बनिसकेको हो ?
विदेशी पर्यटकको हकमा केही फरक हुनसक्छ । हामी नै पहिला घुमेर सुरक्षित छौँ भन्ने सन्देश दियौँ भने न विदेशी पर्यटकको आत्मबल बढ्ने हो । यो बीचमा आन्तरिक पर्यटनका गतिविधि पनि भए । यो सन्देश बाहिर गयो र यहीबीचमा हामीले कसैले नखोल्दा बहराइन र कुवेतका राजकुमारलाई स्वागत ग¥यौँ । अहिल उच्च तहबाटै नेपाल स्वागत गर्न तयार छ भन्ने सन्देश दिन हामीले यो गरेका थियौँ । विश्वका अन्य देशलाई नेपाल खुला नगरेकै परिस्थितिमा हामीले यो सबै गरेका थियौँ । हाम्रा छिमेकी देशभन्दा पनि नेपाल बढी उदार देखिएको छ । सरकारले बनाएको प्रोटोकल पनि मानेकै अवस्था छ । केही समयअघि भारतलाई खुला गर्दा त्यहाँबाट आउने पर्यटकको सङ्ख्या बढेको छ । नेपाल आउन खोज्ने पर्यटकलाई पनि बोर्डले सहजीकरण गरिरहेको छ । यहाँ बसेका कूटनीतिक साथीले पनि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुभएको छ । यसले नेपाल साँँच्चै नै विदेशी पर्यटकलाई खुला छ भन्ने सन्देश गएको छ ।

‘भिजिट प्रोटोकोल’का केही प्रावधानले विदेशी पर्यटक नेपाल आउन समस्या भयो भनेर बोर्डले भनिरहेको छ । त्यस्तो के समस्या हो ?
पर्यटन बोर्ड निजी क्षेत्रको प्रतिनिधि पनि हो । विदेशी पर्यटक नेपाल आउँदा उनीहरूका लागि लागू हुने प्रोटोकल त कम्तीमा यो क्षेत्रको प्रतिनिधित्व गर्ने बोर्डलाई समेत सोधेर बनाउनुपर्छ । विश्वकै सातौँ राष्ट्रका रूपमा स्वास्थ्यसम्बन्धी जुन प्रोटोकल नेपालले बनायो त्यो बोर्डले नै गरेको थियो तर एराइभल प्रोटोकल नै हामीलाई नसोधी बनाइएको छ । अध्यागमन विभागको वेबसाइट हेरेपछि मात्र हामीलाई थाहा हुने अवस्था छ । बनाउने एउटा निकाय छ तर प्रोटोकलकै कारण जवाफदेही हामी हुनुपरेको छ । त्यस्तो प्रोटोकल जुन अति अपरिपक्व छ, जसमा बोर्ड नै समावेश छैन, त्यसकै उत्तर चाहिँ हामीले नै दिनुपरेको छ ।
भारतबाट आउनेलाई क्वारेन्टाइन राख्नु नपर्ने तर युरोप अथवा अन्य देशबाट आउँदा सात दिन राख्नुपर्ने ? के भाइरसले देश चिन्छ र ? एउटै निकायले यस्ता विरोधाभासपूर्ण प्रोटोकल बनाइदिँदा नै विदेशी पर्यटक ल्याउन समस्या भएको हो । सुरक्षा प्रोटोकल बनेकै छ । त्यसैलाई पालना गरेर सबै उद्योग खोल्ने हो । जतिवटा लहर आए पनि अब पर्यटन उद्योग खोल्नुबाहेक हामीसँग उपाय नै छैन । म भन्छु, “पर्यटनसँग सम्बन्धित सबै किसिमको जिम्मेवारी बोर्डलाई दिनुहोस्, हामी १२ लाख पर्यटक ल्याउन सक्छौँ । ”

कोरोनाकै कारण कतिपय होटल बन्द छन्, दक्ष जनशक्ति पलायन भइरहेको छ । यो अवस्थामा निजी क्षेत्रलाई उत्पे्ररणा दिन बोर्डको भूमिका के हुन्छ ?
बोर्ड एक्लैले मात्र गरेर हुने स्थिति छैन तर पनि हामीले घुमघामका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन हरसम्भव प्रयास गरिरहेका छौँ । बोर्डले आफ्नै स्रोत उपयोग गरेर पर्यटन व्यवसायीलाई साथमै लिएर यो काम गरिरहेको छ । सकेसम्म सातै प्रदेशमा स्थानीयवासीको सहभागितामा यो सन्देश विस्तार गर्ने हाम्रो प्रयास हो । विभिन्न किसिमका कार्यक्रममा हाम्रो सहभागिता यसैका लागि हो । अन्तर्राष्ट्रिय रूपमा पनि नेपाल घुम्न आह्वान गरेर विभिन्न डिजिटल माध्यमबाट प्रचार गरिरहेका छौँ । विच्याटसँग सहकार्य गरेर चीनमा पनि प्रवद्र्धनका काम भइरहेको छ ।
कोभिडको समयमा हाम्रोजस्तो संस्थाले भित्रैबाट डर हटाइदिएर जगाइदिने काम हो । राज्यको काम भनेको कर मात्रै उठाउने हैन, अहिले त्यसैको प्रयोग गरेर व्यवसायीलाई जोगाउने पनि हो । एक पटक पलायन भइसकेपछि फेरि त्यो आउने सम्भावना निकै कम हुन्छ । एउटा होटल बन्द हुनु भनेको फेरि लगानी गर्ने लगानीकर्ताको साहस हराउनु हो । यस्तो सङ्कटमा सरकारले जोगायो भने त्यो सन्देश विश्वभर नै जान्छ तर बेवास्ता भयो भने नेपालमा लगानी गर्न तयार हुँदैनन् । नेपालमा लगानी गरेका विदेशी लगानीकर्ता पनि पलायन हुने अवस्था आइरहेको छ । सरकारले पनि सहयोग नगरिदिने अनि पर्यटक ल्याउन प्रोटोकल बाधक बनिदिँदा उनीहरू बन्द गर्ने अवस्थामा छन् । भोलि लगानीकर्ता ल्याउने हो भने यस्ता व्यवसायीलाई जोगाउनुपर्छ ।

यस्तो जोखिमपूर्ण अवस्थामा नेपालको पर्यटन पुनरुत्थान गर्ने बोर्डका तत्कालीन रणनीति के छन् ?
आजसम्म हामीले जसरी पर्यटनको प्रवद्र्धन ग¥यौँ, त्यो केवल चारवटा गन्तव्यमा मात्र सीमित छ । हिमाल चढ्न बेच्यौँ । टे«किङ बेच्यौँ तर उच्च हिमाली क्षेत्रमा मात्र । हिँड्ने–हिँड्ने अनि अन्तिममा बेस क्याम्प पुगेर हिमाल हेर्ने र फर्किने । त्योभन्दा पनि मध्यपहाडी क्षेत्रमा ‘कल्चरल टे«ल’ दिनुपथ्र्यो । एउटा गाउँबाट अर्को गाउँ जोडेर त्यहाँको दैनिकी अनुभव गर्नसक्ने गरी ‘प्रडक्ट’ बेच्न सकिन्छ, जो पर्यटकलाई सधैँभरि सम्झना पनि हुन्छ । बिहान मिर्मिरेमा डोको दिएर स्याउला र घाँस बोक्ने अनुभूति पर्यटकलाई दिन सकिन्छ । नेपालको संस्कृति यो पो हो । एक प्रदेश एक प्रडक्ट भनेर अब हामी जानुपर्छ । प्रदेशमा हिल स्टेसन विकास गर्न सकिन्छ । नेपाल वास्तवमै उत्कृष्ट गन्तव्य हो । हामीले सस्तोमा बेच्नुपर्ने अवस्था नै छैन । अब हामी सबै हाम्रो पर्यटनलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने उद्देश्यमा एकदमै प्रस्ट हुन पनि जरुरी छ । पर्यटनमा यसो गरौँ भनेर बोलेर अनि निर्देशन दिएर मात्र अब हुँदैन ।
कोरोनापछिको अवस्थामा अबको हाम्रो पर्यटनको बजार पनि फेरिए कि ?
पक्कै पनि । युरोप मात्र भन्नुपर्ने अवस्था अब छैन । हाम्रो दक्षिणी सीमा आसपासमा मात्रै ३० करोड जनसङ्ख्या छ । त्यसको पाँच प्रतिशत मात्र पनि ल्याउन सक्यौँ भने त्यो नै पर्याप्त हुन्छ । उत्तरतर्फ विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश छ । दुवैसँग हामी ‘कनेक्टेड’ छौँ । नेपालभित्रै पनि दुईवटा नयाँ विमानस्थल सञ्चालन हुँदै छन् । मेरो कार्यकालमा यी दुवै देश बढी प्राथमिकतामा हुनेछन् । त्यसपछि ‘सर्ट हल’ गन्तव्य हुनेछन् । जस्तो, खाडी मुलुकहरू । हामी राम्रोसँग कनेक्टेड पनि छौँ । खाडी मुलुक नेपालको श्रम बजार मात्र हैन, पर्यटक ल्याउने अवसर पनि हो । त्यहाँका सेख मात्र होइन, विश्वका ठूला कर्पोरेट अफिसका मान्छेलाई चार घन्टामै नेपाल ल्याउन सकिन्छ । त्यहाँका मान्छे नेपाल ल्यान्ड गर्नासाथ नै उनीहरूको शरीरले अर्कै अनुभूत गर्छ । त्यसपछि ६५ करोड बुद्ध धर्मावलम्बी भएका देशहरू श्रीलङ्का, लाओस, कम्बोडिया, थाइल्यान्ड र म्यानमारलाई केन्द्रमा राखेर पर्यटक ल्याउन सकिन्छ । अलिकति मात्रै हामीले प्रवद्र्धनका रणनीति फे¥यौँ भने एक करोड पर्यटक नेपाल ल्याउन गाह्रै छैन ।

कोभिडपछि पर्यटन क्षेत्रलाई नयाँ अवसर पनि खुल्यो भन्ने सुनिन्छ । नेपालको हकमा कस्तो अवसर प्राप्त भएजस्तो लाग्छ ?
हिजो झाडापखाला लाग्दा ६५ करोड खर्च गरेर विभिन्न एनजीओ÷आईएनजीओले नेपालीलाई हात धुन सिकाउने कार्यक्रम गरे तर कोभिडपछि यो अनिवार्य नै बन्यो । यसले सरसफाइको स्तर नै बढायो । आन्तरिक पर्यटकलाई पनि सम्मान÷स्वागत गर्नुपर्छ भन्ने चेतना पहिलोपटक नेपाली समाजले बुझ्यो । पर्यटनमा राम्रो गर्ने टिक्छन् भन्ने सन्देश पनि यसले दिएको छ । त्यस्तै नियमभित्र बसेका व्यवसायीले मात्र सरकारको सुविधा पाउन सक्छन् भन्ने पनि कोभिडले सिकाइदिएको छ । यसले प्रणाली विकासमा पनि सहयोग पु¥याउँछ ।

मुख्य पर्यटकीय क्षेत्रको जीआईएस म्यापिङ गर्ने, बुकिङ प्लेटफर्म बनाउने काम कहाँ पुग्यो ?
नेपालको पर्यटकीय क्षेत्रको भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयसँग मिलेर हामीले जीआईएस म्यापिङ गर्न लागेका छौँ । कुनै पनि कुराको जानकारी नभई योजना बनाउन सकिन्न भन्ने हिसाबले पनि यस्तो काम गर्न खोजेको हो । नेपालकै बारेमा प्रस्ट जानकारी छैन भने यहाँ बसेर नीति बनाउन सकिन्न । पर्यटकले पनि त्यसबारे जानकारी लिएर जाने वातावरण बन्यो धेरै सजिलो हुन्छ । यो वर्ष हामी एक चरणको काम गर्छौं । यो मेरो कार्यकालभर निरन्तर जान्छ । अर्को, नेपालमा बुकिङ गर्न खोज्दा वेबसाइटको सुरक्षाको प्रश्न उठ्ने भएकाले बोर्डले नै व्यवसायीहरूलाई सहजीकरण गर्न यस्तो प्लेटफर्म दिन खोजेको हो । यो हामीले व्यापार गर्न खोजेको होइन । विदेशी प्लेटफर्म प्रयोग गर्दा ३० प्रतिशत रकम बाहिर जाने अवस्था छ, त्यसैलाई रोक्न सकिन्छ कि भनेर यस्तो प्रयास गरेका हौँ । कम्तीमा मेरो कार्यकालभर पर्यटनमा अब हामी कसरी जानुपर्छ भन्ने स्पष्ट खाका दिएर जान्छु ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

national-life-insurance