logo
२०८१ बैशाख १५ शनिवार



रुस–युक्रेन द्वन्द्व समाधान गर्न तेस्राे चरणको शान्तिवार्ता हुने

अन्तर्राष्ट्रिय |


रुस–युक्रेन द्वन्द्व समाधान गर्न तेस्राे चरणको शान्तिवार्ता हुने
फाइल फाेटाे


काठमाडौं, फागुन २३ गते । रुस–युक्रेन द्वन्द्व समाधान गर्नको लागि तेस्राे चरणको शान्तिवार्ता हुन लागेको छ । साेमबार शान्तिर्वाता गर्नको लागि दुवै पक्षले आफ्नो तयारी पूरा गरेको अलजजिराले उल्लेख गरेको छ ।

शान्तिवार्ता नजिकिँदै गर्दा रुसी सेनाले युक्रेनका विभिन्न शहरमा आक्रमणलाई तीव्रता दिएको छ । आक्रमणका कारण भौतिक निर्माणको क्षतिसहित धेरै मात्रामा हताहती भएका छन् ।

यसैबीच, अमेरिकी सरकारले रुसलाई थप नाकाबन्दी गरेको छ । रुसी तेल अमेरिकामा विक्रीवितरणमा रोक लगाएको छ । यता, रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले रुसको सबै माग पूरा नभएसम्म आक्रमण तीव्र पार्ने बताउनुभएको छ ।

उता, रुसमा नेटफ्क्सिले आफ्नो सेवा बन्द गरेको छ । रुसलाई आर्थिक रुपमा जर्जर बनाउन युक्रेनी राष्ट्रपति भोलोड्मिर जेलेन्स्कीले पश्चिमी शक्ति राष्ट्रहरुलाई थप नाकाबन्दीको घेरा साँगुरो पार्न आह्वान गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?