logo
२०८१ बैशाख १५ शनिवार



हाइटीमा जिउँदै जलाएर दुई पत्रकारको ‘बीभत्स’ हत्या, राष्ट्रसंघद्वारा निन्दा

अन्तर्राष्ट्रिय |


हाइटीमा जिउँदै जलाएर दुई पत्रकारको ‘बीभत्स’ हत्या, राष्ट्रसंघद्वारा निन्दा


न्यूयोर्क, पुस २४ गते । संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बतानुभएको छ ।

‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,’ दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न सोध्दा भने । ‘हामी यस वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा गर्छौं । यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रिय अधिकारीहरूले अपराधीहरूलाई पत्ता लगाउन, उनीहरूलाई न्यायको कठघरामा ल्याउन सक्दो गर्नुपर्दछ,’ डुजारिकले थपे ।

हाइटी २४ समाचार आउटलेटले जनाएअनुसार दुई पत्रकारहरू एक आपराधिक समूहका सशस्त्र सदस्यहरूबाट गोली हानिएका थिए ।

अर्का एक पत्रकार भने हमला भएको स्थानबाट भाग्न सफल भएको रिपोर्टले जनाएको छ ।

हाइटीले लामो समयदेखि गरिबी, गिरोह हिंसा र राजनीतिक संकटको सामना गरिरहेको छ । सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि राजनीतिक सङ्कट गहिरिदै गएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?