logo
२०८१ जेष्ठ ४ शुक्रवार



अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

अन्तर्राष्ट्रिय |


अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह


इस्लामावाद, पुस ५ गते । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ–  अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसक्ने हो भने यहाँ मानवीय सङ्कट पैदा हुनेछ ।‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले अहिले पनि अफगानिस्तानमा ठूलो सङ्कट परेको र यसलाई समयमै समाधानको उपाय नखोज्ने हो भने यसबाट समस्या पनि उत्पन्न हुन सक्ने बताउनुभएको छ । गएको अगष्ट १५ सम्म पनि अफगानिस्तानको करिब आधा जनसङ्ख्या गरिबीमा रहेको र त्यस समयमै यहाँका करिब ७५ प्रतिशत बजेट वैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उहाँले आगामी दिनहरु अफगानिस्तानका लागि निकै कष्टकर हुनसक्ने बताउनुभएको हो ।

उहाँले हाल तालिबान शासन सुरु भएपछि यहाँको अवस्था झन् नाजुक बन्दै गएको र वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नसकेको भन्दै सहयोगका लगि आग्रह गर्नुभएको हो ।उहाँले वैदेशिक सहायताका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले अफगानिस्तानको अवस्थाको सुधारका लागि विदेशी दाता राष्ट्र र देशले सहयोग गर्नुपर्ने भन्दै सबैको ध्यानाकर्षण गराउनुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?