logo
२०८१ बैशाख १५ शनिवार



विश्वबाट आणविक हतियार उन्मूलन गर्न राष्ट्रसङ्घीय महासचिवको आग्रह

अन्तर्राष्ट्रिय |


विश्वबाट आणविक हतियार उन्मूलन गर्न राष्ट्रसङ्घीय महासचिवको आग्रह


संयुक्त राष्ट्रसङ्घ, असोज ११ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताउनुभएको छ ।

उहाँले आणविक हतियारहरु विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिनुभयो । महामसचिव गुटर्रेसले भन्नुभएको छ यो हतियार मानवताविरुद्धको र घातक भएकोले विश्वबाट नै आणविक हतियारहरु उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको हो तर अहिले पनि आणविक हतियारहरु विश्वमा अहिले पनि एक चुनौतीका रुपमा रहेको पनि उहाँले बताउनुभएको छ ।

उहाँले गएको एक दशक यता विश्वबाट नै आणविक हतियारहरु घट्दो रुपमा रहेको पाइएको भए पनि यसको सङ्ख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको उहाँले बताउनुभयो । तर यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको पनि उहाँले बताउनुभएको छ । त्यसैले यी सबै हतियारहरु विश्वबाट नै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसङ्घसमक्ष रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घले यसको स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?