logo
२०८१ बैशाख १५ शनिवार



अफगानी महिलाहरू विस्तारै काममा फर्किदै

अन्तर्राष्ट्रिय |


अफगानी महिलाहरू विस्तारै काममा फर्किदै
तस्विर–रोयटर्स


काबुल, भदौ २७ गते।
तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूले सुरक्षाको कारण जनाएर जागीर छोड्न वाध्य छन् । तर राजधानीको विमानस्थलमा कार्यरत रबिया जमालले भने करिब एक महिनापछि साहसिक निर्णय लिदै कामलाई निरन्तरता दिएकी छिन् ।
कट्टरपन्थी इस्लामहरूले भने महिलाहरूले सुरक्षाका कारण घरमै बस्नुपर्ने दबाब दिदै आएका छन् तर तीन सन्तानकी आमा ३५ वर्षिया रबिया भने कामलाई निरन्तरता दिने निधोमा पुगेकी छिन् ।
रबियाले भनिन् ,“मलाई परिवार धान्न पैसा चाहिन्छ, घरमा बस्दा दिक्क भएँ अहिले जागिर सुरु गरेपछि खुसी छु।“ विमानस्थलमा कार्यरत ८० जना महिलामध्ये तालिबानको कब्जापछि जम्मा १२ जना काममा फर्किएका छन् । तर ती पनि राजधानी काबुलमा काममा जानका लागि अनुमति दिइएका थोरैमध्येमा पर्छन् । विमानस्थलमा कार्यरत मध्ये ६ जना महिला विमानस्थलको मुख्य प्रवेशद्वारमा गफ गर्दै शनिबार हर्षित मुद्रामा यात्रुहरूको प्रतीक्षामा थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?