logo
२०८१ बैशाख २१ शुक्रवार



अफगानिस्तानमा तालिबानको कामचलाउ सरकारले पाँच पत्रकारलाई गिरफ्तार गर्यो

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा तालिबानको कामचलाउ सरकारले पाँच पत्रकारलाई गिरफ्तार गर्यो
तस्विर–सामाजिक सञ्जाल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । कामचलाउ सरकार गठन गरेको एक दिन नबित्दै तालिबानले काबुलबाट प्रकाशित हुने एक पत्रिकाका पाँच जना पत्रकारलाई गिरफ्तार गरेको छ । काबुलबाट प्रकाशित हुने एतिलात्रोज पत्रिकाका पाँच जना पत्रकारलाई नियन्त्रणमा लिइएको एएनआईले उल्लेख गरेको छ ।
पत्रकारलाई नियन्त्रणमा लिइएको सम्बन्धी जानकारी पत्रिकाका प्रधान सम्पादक जाकी डरयाबीले साझा गर्नुभएको छ । टोलो न्यूजले प्रधानमन्त्री सम्पादकको भनाई उद्धृत गर्दै उक्त जानकारी ट्वीटरमा साझा गरेको छ । यसअघि तालिबानले अन्तर्राष्ट्रिय संघ संगठन समक्ष सञ्चारकर्मीको अधिकार र अभिब्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वाचा गरेको थियो ।
संयुक्त राष्ट्र संघको मानव अधिकार विज्ञहरुले अन्तर्राष्ट्रिय समुदाय समक्ष ज्यानको खतरा हुने र कारबाही चलाइने पत्रकारलाई पहिचान गरी संरक्षण गर्न अपील गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?