logo
२०८१ बैशाख १५ शनिवार



पाकिस्तानमा तीन हजार ६१३ जना थप व्यक्ति सङ्क्रमित

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा तीन हजार ६१३ जना थप व्यक्ति सङ्क्रमित
तस्विर-फाइल


इस्लामाबाद, भदौ २१ गते। पाकिस्तानमा आइतबार तीन हजार ६१३ कोभिडका थप सङ्क्रमित भेटिएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले सोमबार जनाएको छ । पाकिस्तानमा कोरोना शुरु भएदेखि हालसम्म ११ लाख ८२ हजार ३१९ जना सङ्क्रमित भएका छन् । त्यसगरी १० लाख ६४ हजार ३१९ कोरोना मुक्त भएका छन् ।
हाल पाकिस्तानमा सक्रिय सङ्क्रमितको संख्या ९२ हजार ३६७ रहेको छ । ती मध्ये ५ हजार ६०६ जना अवस्था गम्भीर रहेको बताइएको छ । कोरोनाको कारण हालसम्म पाकिस्तानमा २६ हजार २३२ जनाका मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?