logo
२०८१ जेष्ठ ५ शनिवार



अफगानिस्तान स्वतन्त्र र सार्वभौम भएको घोषणा

अन्तर्राष्ट्रिय |


अफगानिस्तान स्वतन्त्र र सार्वभौम भएको घोषणा
तस्विर–एपी


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १५ गते । तालिबानले अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम राष्ट्र भएको घोषणा गरेको छ । दुई दशकपछि अमेरिकी सेनाको बहिर्गमनसँगै तालिबानले अफगानिस्तानलाई स्वतन्त्र र सार्वभौम घोषणा गरेको हो ।
अमेरिकी सेना तथा अफगानको अन्तिम टुकडी काबुल विमानस्थलबाट बाहिरिएसँगै तालिबानले विमानस्थल कब्जामा लिँदा हवाई फायरिङ गरेर उत्सव मनाएको थियो । काबुल विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भन्नुभयो, “अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम भएकोमा हामीलाई कुनै शङ्का रहेन ।” “अमेरिका हारेको छ र अफगानको तर्फबाट हामीले बाँकी विश्वसँग राम्रो सम्बन्ध चाहेका छौं ।” उहाँले थप्नुभयो ।
उहाँले अफगानको स्वतन्त्रता र इस्लामिक मूल्य मान्यताको रक्षा गरिने प्रतिबद्धता जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?