logo
२०८१ बैशाख २१ शुक्रवार



काबुल विमानस्थल नजिक रकेट आक्रमण

अन्तर्राष्ट्रिय |


काबुल विमानस्थल नजिक रकेट आक्रमण
तस्विर-इपीए


गोरखापत्र अनलाइन
काठमाडौ, भदौ १३ गते । अफगानिस्तानको काबुल विमानस्थल नजिकै सम्भाबित आक्रमणका लागि तयार पारिएको भ्यानलाई अमेरिकी ड्रोनले हिर्काएर निस्तेज पारेको छ । विमानस्थल नजिकैको घनाबस्तीमा शङ्कास्पद भ्यानलाई अमेरिकी ड्रोनले हिर्काउँदा विष्फोट भएपनि ठूलो क्षति हुनबाट जोगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकाको मध्य सैन्य कमाण्डले उक्त सबारी इस्लामिक स्टेटसँग सम्बन्धित रहेको जनाएको छ । मध्य सैन्य कमाण्डका प्रवक्ता बिल अर्बनले ड्रोनले हिर्काउँदा ठूलो आवाज आएकोले सबारीभित्र विष्फोटजन्य पदार्थ राखिएको बताउनुभएको छ ।
आइतबार नै विमानस्थलको उत्तरपश्चिममा रहेको एक आबासीय क्षेत्रमा एक रकेटले हिर्काउँदा एक बालकको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति जोइ बाइडेनले शुक्रबार राति नै काबुल विमानस्थललाई लक्षित गरी आक्रमण हुन सक्ने बताउनुभएको थियो । आक्रमणको चेताबनीपछि अमेरिकी सेना विमानस्थल वरिपरि चनाखो भएको थियो । यसअघि गत् बिहीबार काबुल विमानस्थल बाहिर भएको आत्मघाती आक्रमणमा १३ जना अमेरिकी सेनासहित कम्तिमा १७० जनाको मृत्यु भएको थियो । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?