logo
२०८१ बैशाख २१ शुक्रवार



‘अमेरिकी ड्रोन आक्रमणमा काबुल विष्फोटका योजनाकार मारिए’

अन्तर्राष्ट्रिय |


‘अमेरिकी ड्रोन आक्रमणमा काबुल विष्फोटका योजनाकार मारिए’
तस्विर-रोयटर्स


गेरखापत्र अनलाइन
काठमाडौं, भदौ १२ गते । अमेरिकी सेनाले ड्रोन आक्रमणमा काबुल विष्फोटका एक जना योजनाकार मारिएको दाबी गरेको छ । पूर्बी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा इस्लामिक संगठन आईएस केका एक जना योजनाकार मारिएको अमेरिकी सेनाले दाबी गरेको हो ।
अफगानिस्तानको नानगर प्रान्तमा रहेका इस्लामिक स्टेट(आइएस) केका समूहलाई लक्षित गरी आक्रमण गरिएको हो । आईएस केले बिहीबार काबुल विमानस्थलबाहिर भएको आत्मघाती आक्रमणको जिम्मा लिएको थियो । उक्त आक्रमणमा १३ जना अमेरिकी सेनासहित १७० जनाको मृत्यु भएको छ ।
अमेरिकाले उक्त ड्रोन आक्रमणमा कुनै सर्वसाधारणको मृत्यु नभएको समेत प्रष्ट्याएको छ । अधिकारीहरुले आक्रमणका योजनाकारसहित अन्य एक ब्यक्ति चढेको कारमाथि रिपर ड्रोनले आक्रमण गरिएकोमा दुबैजनाको मृत्यु भएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?