logo
२०८१ जेष्ठ १३ आईतवार



काबुल विमानस्थल बाहिर गोली हानाहान

अन्तर्राष्ट्रिय |


काबुल विमानस्थल बाहिर गोली हानाहान
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । अफगानिस्तानको काबुल विमानस्थलबाहिर गोली हानाहान भएको छ । उक्त घटनामा अमेरिका नेतृत्वको नेटो सेनासमेत सहभागी भएको बीबीसीले उल्लेख गरेको छ ।
अज्ञात बन्दूकधारी र काबुल विमानस्थल प्रबेशद्वारमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच गोली हानाहान भएको बताइएको छ । घटनामा एक जना अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । गएको साताको सुरुवातदेखि तीब्रता पाए यता बहिर्गमनकाे क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । तालिबानले काबुल नियन्त्रणमा लिएपछि त्रसित भएर अफगान छोड्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
नेटोका एक जना अधिकारीले रोयटर्ससँगको कुराकानीमा भागदौड र गोली प्रहारको घटनामा गरी हालसम्म विमानस्थल र वरिपरि २० जनाको मृत्यु भएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?