logo
२०८१ बैशाख २४ सोमवार



विदेशी सेना बाहिरिए लगत्तै सरकार गठन प्रक्रिया सुरु हुने

अन्तर्राष्ट्रिय |


विदेशी सेना बाहिरिए लगत्तै सरकार गठन प्रक्रिया सुरु हुने
तस्विर–ईपीए


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १ गते । तालिबानले अफगानिस्तानमा ‘आममाफी’को घोषणा गरेको छ । काबुल नियन्त्रणमा लिएपछि अत्यन्तै तनावग्रस्त बनेको राजधानी शहरलाई शान्त राख्न तालिबानले आफ्नो पहिलो घोषणामा आममाफी दिने जनाएको छ ।
समाचार संस्था अलजजिराका अनुसार तालिबानले नयाँ गठन हुने सरकारमा महिलालाई सहभागी हुन जोड दिएको छ । तालिबानको संस्कृति ‘कमीशन’का सदस्य इनामुल्लाह समनगानीले इस्लामिक एमिरेट्सले महिलालाई पीडित बनाउन नचाहेको बताउनुहुँदै सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । तालिबानले अफगानिस्तान नियन्त्रणमा लिए लगत्तै इस्लामिक एमिरेट्स घोषणा गर्ने तयारी समेत गरेको छ । उहाँले शरिया नियमकै आधारमा सरकारमा महिला सहभागी हुनुपर्ने बताउनुभयो । तालिबानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तान छोड्न हजारौं सर्वसाधारण काबुल विमानस्थलमा पुगेका थिए । स्थिति नियन्त्रण बाहिर जाँदा र भागदौड हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
यसैबीच, तालिबानले अफगानिस्तानबाट विदेशी सेना बाहिरिए लगत्तै नयाँ सरकारको गठन प्रक्रिया सुरु हुने बताएको छ । तालिबानले नयाँ सरकार गठनका लागि स्वरुपमाथि कसरत भइरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?