logo
२०८१ बैशाख १५ शनिवार



१४ अगस्टलाई ‘विभाजन विभीषिका स्मृति दिवस’ का रूपमा मनाउने मोदीको घोषणा

अन्तर्राष्ट्रिय |


१४ अगस्टलाई ‘विभाजन विभीषिका स्मृति दिवस’ का रूपमा मनाउने मोदीको घोषणा
तस्विर-फाइल


नयाँ दिल्ली, साउन ३० गते।
भारतले पाकिस्तानको स्वतन्त्रता दिवसलाई ‘विभाजन विभीषिका स्मृति दिवस’को रुपमा मनाउने निर्णय गरेको छ । पाकिस्तानले शनिबार ७५औं स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै १४ अगस्ट अर्थात् भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताउनुभएको छ ।
ट्वीट्मा उहाँले भन्नुभएको छ, “देशको विभाजनको पीडालाई कहिल्यै बिर्सन सकिँदैन । घृणा र हिंसाका कारण हाम्रा लाखौं दाजुभाइ र दिदी बहिनी विस्थापित हुनुका साथै ज्यान गुमाए । उनीहरुकै बलिदान र संघर्षको यादमा १४ अगस्टलाई ‘विभाजन र विभीषिका स्मृति दिवस’को रुपमा मनाउने निर्णय गरिएको छ ।”
उहाँले यस दिनले भेदभाव, वैमनस्य र दुर्भावनाको विषलाई हटाउनका लागि मात्र नभइ एकता, सामाजिक सद्भाव र मानवीय संवेदना पनि मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।
बेलायतको अधिनबाट भारतको मुक्ति र विभाजन एकै साथ भएको थियो । भारतले भने अगस्ट १५ मा आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?