logo
२०८१ जेष्ठ ४ शुक्रवार



कार्यवाहक अर्थमन्त्री राजिनामा दिदै अफगानिस्तान छोडे

अन्तर्राष्ट्रिय |


कार्यवाहक अर्थमन्त्री राजिनामा दिदै अफगानिस्तान छोडे
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २७ गते । अफगानिस्तानका कार्यवाहक अर्थमन्त्री खालिद पेन्दा राजिनामा दिनुभएको छ । राष्ट्रपति निबासबाट दबाब आएपछि उहाँ राजिनामा गरेर अफगानिस्तान छोड्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
रुसी समाचार संस्था स्पुतनिकका अनुसार टेलिभिजन च्यानललाई वितरण गरिएको एक पत्रमा मन्त्री खालिद औपचारिक भ्रमणको क्रममा देश छोडेको उल्लेख गरिएको छ । मन्त्री खालिदले आफ्नो ट्वीटर खातामा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाउँदा आफू अत्यन्तै सम्मानित महसुस गरेको बताउनुहुँदै आफ्नो ब्यक्तिगत् प्राथमिकतालाई लिएर राजिनामा दिएको उल्लेख गर्नुभएको छ । उहाँले नयाँ मन्त्रीले जिम्मेवारी नलिएसम्म आफ्ना सहायक मन्त्री अलेम शाह अब्राहिमीलाई कार्यभार दिइएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?