logo
२०८१ बैशाख १५ शनिवार



अफगानिस्तानमा एकैदिन ५७० लडाकू मारिए

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा एकैदिन ५७० लडाकू मारिए
तस्विर-फाइल


काबुल, साउन २५ गते।
अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा एकैदिनमा थप ५७० जना विद्रोही लडाकूको मृत्यु भएको छ । रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका घटनामा परी प्रतिबन्धित तालिबान लडाकूहरु मारिएका सोमबार जानकारी दिएको छ ।
घटनामा परी अरु १६१ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् । देशका नान्गार्हार, खोस्ट, लोगार, पाक्टिया, कान्दाहार, हेरात, फाराह, जोब्जान, सामाङगान, हेल्मान्ड, तखार, कुन्दुज र पन्ज्शीरलगायतका क्षेत्रमा घटना भएका हुन् । अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि अफगानिस्तानमा हिंसात्मक गतिविधि बढेका छन् । तालिवान लडाकूहरुले विभिन्न प्रान्तीय राजधानी कब्जामा लिन थालेपछि हिंसात्मक घटना धेरै भएका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?