logo
२०८१ बैशाख १५ शनिवार



अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप

अन्तर्राष्ट्रिय |


अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप
तस्विर-अलजजिरा


वासिङ्टन, साउन २३ गते।
अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् ।
पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको पाइएको छ । दुई हप्ता अगाडि ४४ प्रतिशतले मात्रै पूर्ण खोप लगाएको अधिकारीले जनाएका छन् । खोप लगाउनेको सङ्ख्या तीव्ररुपमा बढ्दै जाने अपेक्षा गरिएको पनि अधिकारीले बताएका छन् ।
अपेक्षितरुपमा धेरै मानिसले खोप नलगाएपछि अमेरिकी सरकारले खोप लगाउन देशवासीलाई पटकपटक विषेश अनुरोध गर्दै आएको छ । खोप लगाउनेको सङ्ख्या बढाउन अमेरिकी सरकारले विभिन्न प्याकेजसमेत ल्याएको छ । अमेरिकी सरकारले केही दिन अगाडि खोप लगाउनेलाई १०० डलर दिने घोषणासमेत गरेको थियो ।
कोरोनाभाइरसका विभिन्न भेरिएन्टको महामारीका कारण अमेरिकामा अहिलेसम्म तीन करोड ६४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । त्यसैगरी छ लाख ३२ हजार ६४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?