logo
२०८१ जेष्ठ ४ शुक्रवार



चीनमा ५५ जना नयाँ सङ्क्रमितको पुष्टि

अन्तर्राष्ट्रिय |


चीनमा ५५ जना नयाँ सङ्क्रमितको पुष्टि
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १६ गते । चीनमा गएको चौबीस घण्टामा ५५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । कोभिड १९ को डेल्टा स्वरुपको सङ्क्रमण पुष्टि भएपछि चीनमा सङ्क्रमित थपिनेको संख्यामा बृद्धि भएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५५ जनामध्ये ३० जना समुदायबाट सङ्क्रमित हुन पुगेका छन् । १९ जना जियाङ्ग्सु, छ जना हुनान, दुई जना चोङ्गकिङ, फुजियान, सिचुआन र लिओनिङ्गका एक एक जना छन् ।
आयोगका अनुसार २५ जना आयातित सङ्क्रमितमध्ये नौ जना युन्नान, आठजना सांघाइ, तीन जना तियाञ्जिन र दुई दुई जना झेझियाङ्ग र फुजियानका छन् । ग्लोबल टाइम्सका अनुसार कोभिड १९ को नयाँ सङ्क्रमित सबैभन्दा पहिला नाञ्जिङ्ग प्रान्तको विमानस्थलमा पुष्टि भएको थियो । जुलाई २० मा पहिलो सङ्क्रमित पुष्टि भए यता नाञ्जिङ्गमा हालसम्म १८४ जना सङ्क्रमित पहिचान गरिएका छन् ।
नयाँ सङ्क्रमण पाँच प्रान्त अतिरिक्त वेइजिङ्ग महानगरमा समेत पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?