logo
२०८१ जेष्ठ ६ आईतवार



सेनाका दुई सय अनुवादक घरपरिवारसहित अमेरिका पुगे

अन्तर्राष्ट्रिय |


सेनाका दुई सय अनुवादक घरपरिवारसहित अमेरिका पुगे
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १५ गते । अफगानिस्तानमा वर्षौसम्म अमेरिकी सेनाको अनुवादकको रुपमा काम गरेको दुई सय अफगान नागरिक घर परिवारसहित अमेरिका पुगेका छन् । अमेरिका पुग्ने अफगानिस्तानको यो पहिलो समूह हो । समूहका करिब दुई हजार ५०० अफगान छन् ।
अफगानिस्तानमा तालिबान विरुद्धको सङ्घर्षको क्रममा अमेरिकी सेनालाई अनुवादकको रुपमा सघाएका नागरिकलाई तालिबानले लक्षित गरी आक्रमणको घटना बढाएको छ । उक्त घटनापछि अमेरिकाले अमेरिकी सेनाका लागि काम गरेका अनुवादकलाई अमेरिका लग्ने कार्यक्रम घोषणा गरेको थियो । शुक्रबार बिहान अमेरिका अवतरण गरेका सबैजनालाई भर्जिनियास्थित फोर्ट ली सैन्य शिविरमा राखिएको छ । उनीहरुलाई करिब एक सातासम्म सैन्य शिविरमै राखिनेछ ।
सन् २००८ यता विशेष अध्यागमन भिसामा अमेरिका पुग्ने अफगानको संख्या करिब ७० हजार पुगेको छ । करिब २० हजार अफगानको भिसा अझै जारी हुने प्रक्रियामा नै छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?