logo
२०८१ जेष्ठ ७ सोमवार



'विदेशी सेना समयसीमाभित्रै बाहिरिनुपर्ने'

अन्तर्राष्ट्रिय |


'विदेशी सेना समयसीमाभित्रै बाहिरिनुपर्ने'
तस्विर-रोयटर्स, केही अफगान नागरिकले सेनालाई सहयोग गर्ने भन्दै तालिबान बिरुद्ध संघर्षमा उत्रिएका छन् ।


गोरखापत्र अनलाइन
काठमाडौं, असार २१ गते । तालिबानले अफगानिस्तानमा रहेका सबै विदेशी सेना समयसीमा भित्रै बाहिरिनुपर्ने बताएको छ । सेप्टेम्बर महिनासम्मको समयसीमासम्म अफगानिस्तान नछोड्ने सेना जोखिममा रहने तालिबानले बीबीसीसँगको कुराकानीमा चेतावनी दिएको छ ।
करिब एक हजार अमेरिकी सेना काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल र कूटनीतिक नियोगको रक्षाका लागि रहिरहने समाचार प्रकाशमा आएपछि तालिबानले यस्तो चेतावनी दिएको हो । अफगानिस्तानमा नेटोको २० वर्षे सैन्य अभियान समाप्त हुँदैछ । विदेशी सेना बाहिरिदै छन् । तर अफगानिस्तानमा हिंसाका घटना बढ्दैछ । तालिबानले भूभाग नियन्त्रण गर्ने क्रम जारी राखेको छ ।
विदेशी सेना बाहिरिदै गर्दा अफगानिस्तानको सुरक्षाकर्मीले सुरक्षाको जिम्मा एक्लै सम्हालेको छ । तर काबुलको भविष्य अझै शङ्काको घेरामा छ । तालिबानका प्रवक्ता सुहैल शाहीनलाई उद्धृत गर्दै काबुलको सैन्य अखाडा मात्रै नियन्त्रणमा लिनु तालिबानको नीति नरहेको बीबीसीले उल्लेख गरेको छ । दोहा सम्झौताबाट पछाडि हटे तालिबान नेतृत्वले आवश्यक निर्णय लिएर अगाडि बढ्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?