logo
२०७८ श्रावण १६ शनिवार

दैनिक अध्यावधिक

image
2467

सङ्क्रमित

image
1816

निको भएका

image
27

मृत्यु भएका

मिति:श्रावण १५, २०७८ (१६:४२)
स्राेत:https://covid19.mohp.gov.np/



दक्षिण सुडानको राजनीतिक अवस्थामा सुधार आएको छ– संयुक्त राष्ट्रसङ्घ

अन्तर्राष्ट्रिय |


दक्षिण सुडानको राजनीतिक अवस्थामा सुधार आएको छ– संयुक्त राष्ट्रसङ्घ
तस्विर-द कन्भरसेशन


संयुक्त राष्ट्रसङ्घ, असार ८ गते।
संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको राजनीनिक अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसङ्घका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिनुभएको छ ।
उहाँले दक्षिण सुडानमा नयाँ संविधान निर्माण गर्ने र राजनीतिक सुधार गर्ने कामको थालनी भएको र त्यसमा केही प्रगति पनि भएको देखिएको बताउनुभएको हो । तर सुरक्षाको अवस्थाका बारेमा भने उहाँले चासो व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ कि दक्षिण सुडानको राजनीतिक र न्यायपालिकाको सुधारका बारेमा काम अघि बढेको छ र सरकारले त्यस क्षेत्रमा काम गरेको छ । तर सबैले सुरक्षाका बारेमा भने चिन्ता व्यक्त गर्नुपर्ने उहाँले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घले सुरक्षाका क्षेत्रमा अझै समन्वय बढाउनुपर्ने उहाँले सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो– यहाँ संयुक्त राष्ट्रस३्रघले गएको मे महिनामा राजनीतिक प्रक्रियालाई अघि बढाउने एक कार्यदल गठन गरेको छ र त्यसले आफ्नो काम थालेको छ ।यहाँका राष्ट्रपति साल्भा किरले हालैमात्र यहाँको एक विधायिकामा ५५० जना थप गरेर पुनर्गठन गर्नुभएको थियो ।
त्यस विधायक सभाले नयाँ संविधान निर्माण गर्ने काम गरिरहेको पनि उहाँले जानकारी दिनुभएको छ । हाल पनि संसारको कान्छो देशका रुपमा चिनिएको दक्षिण सुडान १० वर्षअघि नयाँ राष्ट्रका रुपमा स्थापना भएको हो ।आगामी जुलाई ९ मा यो देशले आफ्नो स्थापनाको दशौँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ ।
साथै संयुक्त राष्ट्रसङ्घ र विश्वका कतिपय देशहरुको सहयोग र समन्वयमा नयाँ संविधान निर्माण गर्ने काम पनि भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?