logo
२०८१ बैशाख २० बिहीवार



भारतमा ९१ दिन यताकै सबैभन्दा कम सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा ९१ दिन यताकै सबैभन्दा कम सङ्क्रमित
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार ८ गते । भारतमा गएको चौबीस घण्टामा ९१ दिन यताकै सबैभन्दा कम सङ्क्रमित पुष्टि भएको छ । गएको चौबीस घण्टामा ४२ हजार ६४० जनामा सङ्क्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार संस्था एएनआईका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९९ लाख ७७ हजार ८६१ पुगेको छ । सोही अबधिमा ८१ ह्जार ८३९ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ८९ लाख २६ हजार ३८ जना कोरोनामुक्त भएका छन् । हाल भारतमा छ लाख ६२ हजार ५२१ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा एक हजार १६७ सङ्क्रमितको ज्यान गएको छ । भारतमा हालसम्म कोरोना सङ्क्रमणले तीन लाख ८९ हजार ३०२ जनाले ज्यान गुमाएका छन् । 
एएनआईका अनुसार भारतमा हालसम्म २८ करोड ८७ लाख ६६ हजार २०१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?