logo
२०८१ बैशाख १५ शनिवार



भारतका विदेशमन्त्री जयशंकर न्युयोर्कमा

अन्तर्राष्ट्रिय |


भारतका विदेशमन्त्री जयशंकर न्युयोर्कमा
तस्विर-वियोन न्यूज


न्युयोर्क, जेठ १० गते।  भारतका विदेश मामिला मन्त्री एस जयशंकर अमेरिकाको न्युयोर्क आइपुग्नुभएको छ । अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण भएकाले यसलाई महत्वका साथ हेरिएको छ । त्यसैगरी गत जनवरीमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारतको प्रवेशपछि पनि उहाँले पहिलो पटक भ्रमण गर्नु भएको हो ।
भ्रमणका क्रममा उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र राज्य सचिव एन्टोनी ब्लिन्केनलाई भेट्नुहुने जनाइएको छ । उहाँहरुका बीचमा मंगलबार भेट हुने कार्यतालिका रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गुटेर्रेसलाई न्युयोर्कमा भेटेपछि ब्लिन्केनलाई भेट्न उहाँ वासिङ्टन जानुहुने कार्यक्रम रहेको छ ।
उहाँको अमेरिका भ्रमण यही मे २८ मा सकिने भएको छ । भ्रमणका क्रममा उहाँले अन्य केही अमेरिकी अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुहुने जनाइएको छ । त्यसैगरी व्यवसायी तथा आर्थिक क्षेत्रका व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने र भारतलाई यहाँबाट गर्ने सहयोग र सहकार्यका बारेमा छलफल हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?