logo
२०८१ बैशाख १५ शनिवार



पाकिस्तानको सिन्धमा गोली चल्यो, ९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


पाकिस्तानको सिन्धमा गोली चल्यो, ९ जनाको मृत्यु
तस्विर-फाइल


इस्लामाबाद, जेठ २ गते। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका छन् ।
प्रहरीका अनुसार, सिन्धको काँधकोट क्षेत्रमा दुई परस्पर आदिवासी समूहहरु जागिरानी र चाचारबीच घण्टौसम्म भिडन्त भएको थियो ।
घटनास्थलमा प्रहरी पुग्दा दुबै समूहका हतियारधारी व्यक्तिहरुले एकअर्कामाथि गोली चलाइरहेको देखिएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीले शवहरु बरामद गर्नुका साथै घाइतेहरुलाई अस्पताल भर्ना गरेको छ भने दुवै समूहका व्यक्तिमाथि दुई अलग मुद्दा दर्ता गरेको छ । स्वचालित बन्दुक, हाते ग्रिनेड र क्षेप्यास्त्र पनि प्रयोग भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीयवासीमा त्रास फैलिएको भन्दै प्रहरीले व्यापक कारबाही अगाडि बढाएको सिन्ध प्रान्तका प्रहरी प्रमुखले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?