logo
२०८१ जेष्ठ ८ मंगलवार



भारतमा लगातार चौथो दिन चार लाख बढी सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा लगातार चौथो दिन चार लाख बढी सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २६ गते । भारतमा लगातार चौथो दिन चार लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार लाख तीन हजार ७३८ जना सङ्क्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
थपिएका सङ्क्रमितसँगै भारतमा हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुने दुई करोड २२ लाख ९६ हजार ४१४ पुगेको छ । शनिबार एकैदिन तीन लाख ८६ हजार ४४४ जना कोरोनामुक्त भएका छन् । हालसम्म एक करोड ८३ लाख १७ हजार ४०४ जना कोरोनामुक्त भएका हुन् । भारतमा हाल ३७ लाख ३६ हजार ६४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो चौबीस घण्टामा चार हजार ९२ जना सङ्क्रमितको मृत्यु भएको छ । चार हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको यो लगातार दोस्रो दिन हो । भारतमा हालसम्म कोरोना सङ्क्रमणबाट दुई लाख ४२ हजार ३६२ जनाले ज्यान गुमाएका छन् । शनिबार मात्रै १८ लाख ६५ हजार ४२८ जनाको परीक्षण गरिएको छ । हालसम्म १६ करोड ९४ लाख ३९ हजार ६६३ जनाले खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?