logo
२०८१ बैशाख १४ शुक्रवार



हाइटीका विदेशमन्त्री अन्तरिम प्रधानमन्त्रीमा नियुक्त

अन्तर्राष्ट्रिय |


हाइटीका विदेशमन्त्री अन्तरिम प्रधानमन्त्रीमा नियुक्त
तस्विर–एपी


मेक्सिको सिटी, वैशाख २ गते।
हाइटीका राष्ट्रपति जोभेनेल मोइसेले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति मोइसेले प्रधानमन्त्री जोसेफ जौथेले दिनुभएको राजीनामा स्वीकारेपछि क्लाउडलाई नियुक्ति दिनुभएको हो । मोइसे ट्विटरमार्फत अब सार्वजनिक सुरक्षाको स्पष्ट समस्यालाई सम्बोधन गर्न सम्भव हुने र देशको राजनीतिक र संस्थागत स्थायित्वका लागि आवश्यक सहमतिमा पुग्नको लागि छलफललाई जारी राख्ने बताउनुभएको छ ।

विशेषगरी हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा अपहरण र हत्याको अपराधको बढीरहेको यो अवस्थामा प्रधानमन्त्री जौथे जोसेफले राजिनामा दिनुभएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले हाइटीमा भएका राजनैतिक र अन्य धेरै संकटहरूको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ । सरोकारवालाहरुलाई आफ्नो मतभिन्नतालाई हटाई सन् २०२१ मा स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय राष्ट्रपति चुनावको तयारी गर्न आग्रह गरेको छ ।

क्यारिबियन यस देश लामो राजनीतिक गतिरोधमा फसेको छ । तर विपक्षीले सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । यद्यपी विपक्षीलाई हटाई र दुई वर्षको सङ्क्रमणकालीन सरकारको स्थापनाको माग गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?