logo
२०८१ बैशाख १४ शुक्रवार



भारतमा दोस्रो लहरको संक्रमण बढी हानिकारक चिकित्सक

अन्तर्राष्ट्रिय |


भारतमा दोस्रो लहरको संक्रमण बढी हानिकारक चिकित्सक


गोरखापत्र अनलाइन
काठमाडौं, चैत २५ गते । भारतमा नयाँ कोरोना भाइरस सङ्क्रमण पहिलाको भन्दा बढी हानिकारक रहेको चिकित्सकहरूले बताइएका छन् । चिकित्सकका अनुसार पछिल्लो केही दिनदेखि बढ्दै गएको सङ्क्रमितको सङ्ख्याबाट सो कुुरा पुष्टि हुने बताउँछन् ।
तर, चिकित्सकले यसको पछाडि अन्य धेरै कारणह पनि देखाएका छन् । भारतस्थित लोकनायक अस्पतालका एमडी डा. सुरेशकुमारका अनुसार यस पटक कोरोनाबाट सङ्क्रमित हुनेमा अधिकतम् युवा, बच्चा र गर्भवती महिला छन् ।
डा. सुरेशले नयाँ कोरोना भाइरत पहिलाभन्दा धेरै छिटो फैलिरहेको बताए । गत हप्ता २० जना सङ्क्रमित अस्पतात भर्ना भएको मा अहिले यो सङ्ख्या १७० पुगेको छ भने अस्पतालमा श्ययाको सङ्ख्याको माग बढ्दै गएको छ ।
आजतकसँग कुरा गर्दै लोकनायक अस्पतालका एमडी डा. सुरेशले पहिला कोरोना सङ्क्रमित भएका व्यक्तिभन्दा धेरैजसो वृद्धवृद्धा थिए । तर, नयाँ कोरोना भाइरसबाट सङ्क्रमित हुनेमा युवा, बच्चा गर्भवती महिला रहेका छन् जुन चिन्ताको विषय भएको उनले बताए ।
नयाँ सङ्क्रमणको सामना गर्न अस्पतालले केही प्रावधान लागू गरेको उनले बताए । तर, अस्पतालको ओपीडी सेवा बन्द गर्ने विषयमा भने कुनै योजना नरहेको उनले बताए ।
त्यसो त मुम्बईमा दोस्रो लहरका सङ्क्रमितभन्दा ८० प्रशितभन्दा बढी बिना लक्षणका  छन् । हार्ट केयर फाउण्डेशन अफ इंडिया एण्ड कन्फेडेरेसन मेडिकल एसोसिएसन अफ एशियाका अध्यक्ष डा. केके अग्रवालका अनुसार महिला र बच्चामा कोरोनाका लक्षण कम देखिएको छ । यसका लागि उनीहरु सावधान हुनु आवश्यक छ ।
त्यसो त दिल्लीमा विगत केही दिनदेखि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको आजतकले जनाएको छ । नोभेम्बर २०२० पछि यो उच्च हो भने दिल्लीमा राति कर्फ्यू लगाइएको छ ।
पछिल्लो केही दिनदेखि दिल्लीमा हरेक दिन तीन हजारभन्दा बढी केसहरू देखिएको छ । यो सङ्ख्या तीन चार हजारको बीचमा रहेको थियो । तर विगतका दिनहरूमा यो संख्या फेरि पाँच हजारभन्दा बढी देखिएको छ । यद्यपि मंगलबार दिल्लीमा एक लाखभन्दा बढी परीक्षण गरिएको थियो । एजेन्सी ।

दिल्ली बाहेक महाराष्ट्रमा पनि कोरोनाको घटना द्रुतगतिले बढिरहेको छ । अघिल्लो दिनमा महाराष्ट्रमा ५६ हजारभन्दा बढीमा सङक्रमण देखिएको थियो । महाराष्ट्र र दिल्लीपछि उत्तर प्रदेश–कर्नाटक–पंजाबमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।
पछिल्लो समय विश्वभर १.१५ लाख मानिस नयाँ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यो तथ्यांकले विगत दुई वर्षको रेकर्ड तोडेको छ । विश्वमा अहिले ८.४१ लाख सक्रिय केस  छन् । होलीपछि कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको हो । तीन दिनमा विश्वमा तीन लाखभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?