logo
२०८१ बैशाख १५ शनिवार



भारत चीन सम्बन्ध सुधारउन्मुख, ‘चिनियाँ राष्ट्रपति सीले भारत भ्रमण गर्ने’

अन्तर्राष्ट्रिय |


भारत चीन सम्बन्ध सुधारउन्मुख, ‘चिनियाँ राष्ट्रपति सीले भारत भ्रमण गर्ने’
तस्विर-द् क्विन्ट


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ११ गते । चिनियाँ राष्ट्रपति सी जिन फिङले यसै वर्ष भारत भ्रमण गर्नुहुने अपेक्षा गरिएको छ । भारतमा आयोजना हुने ‘ब्रिक्स’ सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जिनफिङ आउन सक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतीय अखबार टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उहाँको भ्रमण कोभिड १९ को स्थितिमा निर्भर हुने उल्लेख गरेको छ ।
करिब ११ महिनादेखिको सीमाक्षेत्रको तनाबले दुबै देशको सम्बन्ध चिसिएको थियो । गत जुन महिनामा भारत र चिनियाँ सैन्यबीच गलवान उपत्यकामा भएको भिडन्तमा दुबै तर्फका दर्जनौं सैनिक मारिएका थिए । भारतले ब्रिक्स सम्मेलनको सचिबालय गत साता उद्घाटन गरेको थियो । चिनियाँ विदेश मन्त्रालयले भारतससहित ब्रिक्सका अन्य सदस्य राष्ट्रहरुसँग विभिन्न क्षेत्रमा सम्बन्ध सुदृढ बनाउन उत्सुक रहेको प्रतिक्रिया दिएको छ ।
सीमा विवादले ब्रिक्स सम्मेलनलाई प्रभाबित पार्ने सम्बन्धमा राखिएको जिज्ञासामा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ब्रिक्स सम्मेलनको आयोजनालाई लिएर भारतको समर्थन जनाएको प्रतिक्रिया दिनुभयो । उहाँले चीन सधैं ब्रिक्सका सदस्य राष्ट्रहरुसँग ‘आर्थिक, राजनीतिक र मानवीय’ सहयोग र समन्वयका लागि तत्पर रहने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?