logo
२०७७ फाल्गुन १४ शुक्रवार

न्यायालयप्रति विश्वास : पौडेल

राष्ट्रिय |


2021-01-22-30592



गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ९ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र नागरिक सर्वोच्चताको रक्षा गर्न न्यायालय निष्पक्ष तथा स्वतन्त्र हुने विश्वास व्यक्त गर्नुभएको छ ।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि काँग्रेसले चरणबद्ध विरोध प्रदर्शन गर्दै आएको सन्दर्भमा बिहीबार देशभरका वडामा प्रदर्शन गरेको हो । कुल छ हजार ७४३ वडामा विरोध प्रदर्शन गरेको काँग्रेसले वडास्तरको कार्यक्रमलाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने क्रममा नेता पौडेलकोे काँग्रेस स्वतन्त्र न्यायालयप्रति अटल विश्वास रहेको बताउनुभएको हो ।
प्रतिनिधि सभा विघटनविरुद्ध बिहीबार बालाजुमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले जनताको विश्वास र जनमतबाट पाँच वर्ष सरकार चलाउनभन्दा पनि घात गर्ने कदम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउनुभयो ।
कम्युनिस्ट पार्टीका नेताबाट लोकतन्त्र र संविधानको रक्षा हुन नसक्ने दाबी गर्दै उहाँले नेपाली काँग्रेस र आफू प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

national-life-insurance