logo
२०८१ बैशाख १४ शुक्रवार



पेशावरस्थित धार्मिक विद्यालयमा विस्फाेट, सातको मृत्यु

अन्तर्राष्ट्रिय |


पेशावरस्थित धार्मिक विद्यालयमा विस्फाेट, सातको मृत्यु
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ११ गते । पाकिस्तानको पेशावर शहरस्थित एक धार्मिक विद्यालयमा भएको विस्फाेटमा कम्तीमा सात जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार विस्फाेट स्थानीय समय अनुसार बिहान साढे आठ बजे भएको हो ।उक्त विस्फाेटमा अन्य ५० जना घाईते हुनपुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मदरसा सञ्चालनमा रहँदा कम्तीमा ६० जना विद्यार्थी विद्यालयमा रहेको जनाइएको छ ।
अस्पतालका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले विस्फाेटमा मृत्यु भएकाहरुमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । पेशावर अफगानिस्तान सीमा नजिकैको पाकिस्तानी शहर हो । विस्फाेटमा घाइते भएका चार जना १३ वर्ष मुनिका छन् । विस्फाेटको जिम्मेवारीको दाबी कसैले गरेको छैन् ।
छ वर्षअघि एकजना बन्दूकधारी समूहले सैन्य विद्यालयमा आत्मघाती विस्फाेट गराउँदा  १५० जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?