logo
२०८१ बैशाख १४ शुक्रवार



दक्षिण अफ्रिकामा लकडाउन खुकुलो बनाइँदै

अन्तर्राष्ट्रिय |


दक्षिण अफ्रिकामा लकडाउन खुकुलो बनाइँदै
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, असोज १ गते । दक्षिण अफ्रिकाले कोरोनाभाइरस विरुद्धको सतर्कताका उपाय तथा मापदण्डहरु खुकुलो गरेको छ । जनजीवन सहज बनाउने प्रयास स्वरुप आइतबारदेखि रात्रीकालीन कफर््यु हटाइनेछ ।
बीबीसीका अनुसार क्षमताको पचास प्रतिशत कटौती गरेर सार्वजनिक स्थलमा भेला हुने व्यवस्था गर्न लागिएको छ । तर सामाजिक दूरी र मास्क लगाउने स्वास्थ्य सतर्कताका उपायहरु अनिवार्य अपनाउनुपर्नेछ ।
दक्षिण अफ्रिकाले मार्च २७ देखि देशब्यापी लकडाउन गरेको थियो । हालसम्म अफ्रिकामा छ लाख ५० हजार ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । करिब १५ हजारले ज्यान गुमाएका छन् ।
गत् जुलाइ महिनामा प्रतिदिन १२ हजार सङ्क्रमित थपिदै आएकोमा हाल दैनिक सङ्क्रमित हुनेको संख्या दुई हजारभन्दा कम भएको छ । राष्ट्रपति सिरल रामाफोसेले अब पुरानो लयमा फर्किने समय आएको भन्नुहुँदै आर्थिक गतिविधिलाई चलायमान बनाउन जनजीवन सहज बनाउन लागेको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?