logo
२०८१ बैशाख १४ शुक्रवार



भारतको महाराष्ट्रमा जुलाई ३१ सम्म लकडाउन

अन्तर्राष्ट्रिय |


भारतको महाराष्ट्रमा जुलाई ३१ सम्म लकडाउन


गोरखापत्र अनलाइन
काठमाडौँ, असार १५ गते । भारतको महाराष्ट्रमा जुलाई ३१ सम्मका लागि लकडाउन थप गरिएको छ । प्रकोपको रुप लिएको कोरोनाभाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन थप गरिएको हो ।
भारतको आर्थिक राजधानीसमेत रहेको मुम्बई शहर सम्मिलित महाराष्ट्र राज्य कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा एक लाख ६४ हजार सङ्क्रमित छन् । मुम्बई शहरमा मात्रै ७४ हजारभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । राज्यमा करिब सात हजार सङ्क्रमितको मृत्यु भएको छ ।
सङ्क्रमणको जोखिम अझै नियन्त्रणमा नआएकोले लकडाउन थप गरिएको मुख्यमन्त्री उद्धव ठाकरेले बताउनुभयो । उहाँले लकडाउन खुकुलो गरिए सङ्क्रमण तीव्र रुपमा वृद्धि हुने तर्क गर्नुभयो ।
त्यसैगरी, भारतको पश्चिम बङ्गाल राज्य सरकारले समेत जुलाई ३१ सम्म लकडाउन थप गरेको छ । चार पटक लकडाउन थप गरेको सङ्घीय सरकारले सङ्क्रमणको अवस्था हेरेर जुन ३० पछि राज्यले लकडाउन खुकुलो गर्न पाउने स्वतन्त्र निर्णय लिन छोडेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?