logo
२०८१ बैशाख १४ शुक्रवार



भारतमा एकै दिनमा १९ हजार ४०० भन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा एकै दिनमा १९ हजार ४०० भन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित
तस्विर-द् इन्डियन एक्सप्रेस


नयाँदिल्ली , असार १५ गते । भारतमा दैनिक हजारौको संख्यामा नयाँ सङ्क्रमित थपिदै गएकाृ छ। भारतमा कुल सङ्क्रमितको संख्या पाँच लाख ४८ हजार ३१८ पुगेको छ । सरकारी अधिकारीहरुले सोमबार बिहान सार्वजनिक गरेको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४५९ जना सङ्क्रमित भएका छन् । भारतमा गएको २४ घण्टामा ३८० व्यक्तिको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या १६ हजार ५०७ पुगेको छ ।

देशभरी अहिले दुई लाख १० हजार १२० जना सङ्क्रमित अवस्थामै रहेका छन् भने सङ्क्रमितमुक्त हुनेहरुको संख्या तीन लाख २१ हजार ७२३ पुगेको छ । कोरोनाभाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । महाराष्ट्रमा कोरोनाभाइरसबाट सङ्क्रमितभएका र मृत्यु भएकाहरुको संख्या सवैभन्दा धेरै रहेको छ ।
महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ६४ हजार ६२६ जना संक्रमित भएका छन् । त्यसैगरी केन्द्रिय राजधानी समेत रहेको दिल्ली राज्यमा ८३ हजार ७७ जना संक्रमित भएका मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?